धरान: पछिल्लो समय सहकारीहरु संकटमा पर्दै गएपछि धरान उपमहानगरपालिकाले सञ्चालक तथा व्यवस्थापकहरुको बेला गरेको छ । 

उपमहानगरपालिका परिसरमा आइतबार भएको भेलामा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले ऐन, नियमभन्दा बाहिर गएर सञ्चालन नगर्न निर्देशन दिएका छन् । नियम अनुसार चलेका सहकारीहरुमा समस्या नभएको र नियम विपरीत चलेका केही सहकारीको कारण समग्र सहकारीहरुलाई समस्या भएको पनि उनीहरुले बताए । छलफलमा मेयर साम्पाङले कोपोमिस सिस्टममा धरानका ८८ वटा सहकारीमध्ये ३७ वटाले मात्र हिसाब पठाएकोले धेरैले नियम पालना गरेको नदेखिएको बताए । उनले उक्त सिस्टममा रेकर्ड पढाउन पनि आग्रह गरे ।  

सञ्चालकहरु इमान्दार बन्न आग्रह गर्दै मेयर साम्पाङले नियत खराब भएमा जति नै राम्रो र कडा नियम बनाएपनि काम नलाग्ने बताए । सहकारीहरुको पिरमर्का बुझ्न स्थानीय सरकार तयार रहेको भन्दै उनले ऋण लगेर फिर्ता नगर्ने ऋणीहरुबाट कानुन वमोजिम असुल गर्न सहयोग गर्ने पनि बताए । 

sahakari2

उपमेयर बेघाले पनि सहकारी र वचतकर्ता दुवै पक्ष डुब्न नहुने धारणा राख्दै केही सहकारीहरु ऐन, नियम अनुसार नचल्दा सबै सहकारीहरुमाथि प्रश्न उठेको बताए । संकट परेको सहकारीबारे कानुन र व्यवहारिक दुवै पाटोलाई मध्यनजर गर्दै उपमहानगरपालिका अघि बढीरहेको भन्दै उपमेयर बेघाले ऐन, नियम विपरीत सञ्चालन नगर्न आग्रह गरे । 

जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले सहकारीहरु मात्र होइन, विश्वमा नै अर्थिक मन्दीको कारण सबै क्षेत्र प्रभावित भएको बताए । सहकारीबाट ऋण लगेको पनि उठ्न नसकेको र सहकारी ऐनमा भएको दफा ६१ मा भएको प्रावधान लागु गरिदिए ऋण लगानी उठ्ने उनको भनाई छ । साथै, सहकारी विकास समिति पनि धरानमा चाडो गठन हुनुपर्ने उनले बताए । अहिले धितो राखेर बैंकहरुले पनि लगानी नगरिरहेको कारण सहकारीहरु समस्यामा परेको उनले बताए । धरान उपमहानगरपालिकाले ५ करोडको कोष सहकारीको लागि खडा गर्न पनि उनले आग्रह गरे । 

sahakari1

यस्तै, नगर सहकारी समन्वय समितिकी अध्यक्ष मिशन लामाले पनि अनगुमन, नियम, दर्ता र खारेजीको लागि निगरानी गर्न विभाग गठन नभएको भन्दै सहकारी विकास समिति चाडो गठन गर्न आग्रह गरिन् । निक्षेपकर्ताहरुको पनि सुरक्षा हुनुपर्ने र सहकारीले गरेको ऋण लगानी पनि सुरक्षा हुनुपर्ने बताइन् । 

भिडियो: