धरान: धरानका मेयर तिलक राईले सहकारीबाट उठाएको पैसा सञ्चालक तथा कर्मचारीहरुले व्यक्तिगत प्रयोजनमा खर्च नगर्न सचेत गराएका छन् ।

आइतबार धरानमा ६५ औं सहकारी दिवस मनाउने क्रममा मेयर राईले सम्बोधनको क्रममा सहकारी संस्थाहरुलाई सचेत गराएका हुन् । पछिल्लो समय केही सहकारीहरुबारे गुनासो बढीरहेको भन्दै उनले नाफा कमाउन, पारदर्शिता अपनाउन र नियमन गर्न पनि आग्रह गरे । उनले भने,‘सहकारीहरु व्यक्तिको कारण डुबीरहेको छ । पैसा उठायो, मिलेमतोमा मोज मज्जामा खर्च गरेको गुनासो आइरहेको छ । घर जग्गामा, व्यक्तिगत प्रयोजनमा लगानी भएको गुनासो आइरहेको छ । यस्तो गर्न मिल्ने कि नमिल्ने ? यो कुरामा सजग रहन आग्रह गर्न चाहन्छु ।’ 

sahakri2

मेयर राईले आर्थिक कारोबार गरेपछि नाफा कमाउन, पारदर्शिता गर्न र नियमन अनुगमन गर्न जरुरी रहेको पनि बताए । सहकारीहरुलाई पनि सोही अनुसार अघि बढ्न उनले आग्रह गरे । ‘आर्थिक कारोबार गर्ने संघसंस्थाहरु इमान्दार हुनुपर्छ, पारदर्शि हुनुपर्छ । सहकारीको सिद्धान्त अनुसार काम गर्नेलाई बधाई दिन चाहन्छु, जसले गरेको छैन, त्यसतर्फ अघि बढ्न आग्रह गर्छु,’उनले भने,‘अब कुनै पनि बचतकर्ताहरुले, सेयर सदस्यहरुले गुनासो गरेर इलाका प्रहरी कार्यालय, स्थानीय प्रशासन, स्जथानीय सरकारमा निवेदन लिएर आउन नपारोस् ।’

sahakari2

सहकारीको मुल मान्यता र मर्म अनुसार अघि बढ्न ध्यान दिन आग्रह गर्दै मेयर राईले स्थानीय सरकारलाई दर्ता गर्ने, नियमन अनुगमन गर्ने र कारबाही गर्ने अधिकार भए पनि कारबाही गर्नुपर्ने अवस्था सृर्जना हुन नदिन सबैले ध्यान पुर्याउन पनि आग्रह गरे । ‘सहकारी दिवसको दिन कम्तीमा १०, १५ वटा सहकारीलाई उच्च मुल्यांकन गर्दे सहकारीको मुल भावना, मर्मलाई अंगिकार गरेर आफ्ना सेयर सदस्यहरुलाई आर्थिक उन्नति, प्रगति गरेको, राष्ट्रिय अर्थतन्त्रमा योगदान दिएको भनेर पुरस्कृत गर्न पाउ,’मेयर राईले भने,‘हामीले डर देखाएर मात्र, कारबाही गरेर मात्र हुदैन । सहकारी अभियन्ताहरु आफैले यस्तो सहकारी बनाउनुस् जसले गर्दा प्रत्योक बर्ष पुरस्कृत हुनुस्, सेयर सदस्यहरुको आवश्यकता पुरा गर्नुस् ।’ सहकारी दिवसकै अवसरमा नगर समन्वय समितिको आयोजनामा धरानको छाता चोकदेखि चुम्लुंग हिमसम्म र्यालीसमेत निकालिएको थियो । उक्त र्यालीमा धरानका सहकारीहरुले सहभागिता जनाएको थियो ।

भिडियो:

 


sahakari3