धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन)ले अग्रता कायमै राखेका छन् ।

निर्वाचन अधिकृत कार्यालय धरानका अनुसार खसेको मध्ये कुल ३६ हजार ४५ मतगणना हुँदा रास्वपाका उम्मेद्वार तामाङले ७ हजार १३५ मत पाएका छन् । उनलाई एमाले जसपाका उम्मेद्वार अशोककुमार राईले ६ हजार १५५ मत ल्याएर पछ्याइरहेका छन् । रास्वपाका तामाङ जसपाका राईभन्दा ९८० मतले अगाडि छन् ।

sarin-tamang-e

यस्तै, गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोको मत ५ हजार ८९६ रहेको छ भने स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ४ हजार ९६२ मत पाएका छन् । यसैगरि, राप्रपाका उम्मेद्वार अशोक राई (अविरल)को मत ३ हजार ४३९ मत, स्वतन्त्र उम्मेद्वार तर्कबहादुर मगरको मत १८८९, मातृकाप्रसाद भट्टराईको १४८२ मत रहेको छ । 

भावुक बनिन् सरिन

निरन्तर अग्रता कायम गरिरहेकी सरिन जनताको मत पाएर भावुक बनेकी छिन् । आफ्ना शुभेच्छुकहरुसँग कुरा गर्दै गर्दा उनी भावुक बनेर रोएकी थिइन् । 

भिडियो: