धरान: सुनसरी क्षेत्र नं १ को २६ हजार ४३३ मत गणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीले मतान्तर बढाएको छ । 

निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार रास्वपका उम्मेद्वार गोमा तामाङ (सरिन)ले एमाले जसपाका उम्मेद्वार अशोककुमार राईलाई ५०७ मतले पछि पारेका छन् । तामाङले ५ हजार ७४ मत पाएका छन् भने राईको मत ४५६७ रहेको छ । तेस्रो स्थानमा गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङबो (मुकेश)ले ४४०२ मत पाएका छन् ।

यसैगरि, स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ३ हजार ६९६ मत पाएका छन् भने राप्रपाका अशोक राई (अविरल)ले २ हजार ८८८, मातृकाप्रसाद भट्टराई १३९९, तर्कबहादुर मगरले ११९०, कुमार कार्कीले ४७० मत पाएका छन् । 

भिडियो:

re

re1