धरान: सडक दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले कोशी राजमार्ग अन्तर्गत धरान भेडेटार सडकखण्डको घुम्तीहरुमा कन्भेक्स मिरर राखिएको छ । 

धरान ११ स्थित मितेरी स्पोट्र्स सेन्टरका सञ्चालक पुर्वसिंगापुरे लाहुरे लुकेन्द्र राईले आफ्नै खर्चमा मिरर राखेका हुन् । सचेत धराने समुहसँग सहकार्य गरेर धरान भेडेटार सडक खण्डको २१ वटा घुम्तीहरुमा मिरर राखेको राईले जानकारी दिए । सडक दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले मिरर राखिएको पनि उनले बताए । 

miteri-mirar5

शुक्रबार र शनिबार मिरर राखिएको थियो भने आइतबार मेयर हर्क साम्पाङले औपचारिकरुपमा उद्घाटन गरेका थिए । मेयर साम्पाङले राज्यले गर्नुपर्ने काम एक व्यक्ति र संस्थाबाट भएको भन्दै प्रशंसा गरे । साथै उनले दुर्घटनाको जोखिम घटाउने भएकोले यात्रा गर्दा मिररमा ध्यान दिन पनि चालकहरुलाई आग्रह गरे । 

पुर्वसिंगापुरे लाहुरे राईले अब बुढासुब्बा मन्दिर क्षेत्रमा मिरर राख्ने योजना रहेको बताए । उनका अनुसार धरानको विभिन्न चोकहरुमा समेत गरेर अहिलेसम्म एक सय बढी मिरर राखिएको छ । विदामा घर आएको बेला सिंगापुरे लाहुरेहरु कोही न कोही दुर्घटनामा पर्ने गरेपछि मिरर राख्न आफु अग्रसर भएको पनि उनले बताए । 

miteri-mirar1

miteri-mirar4

miteri-mirar6

miteri-mirar