धरान: १८ औं ललित अम्वर डिपो कपको फाइनलमा पुलिस स्कुल र बराह राइजिङ स्टार फाइनलमा प्रवेश गरेको छ ।

डिपो स्कुलको खेल मैदानमा बुधबार भएको सेमिफाइनल खेलमा पुलिस स्कुलले एक्वा स्कुललाइ २-० र बराह राइजिङले देउराली चिल्ड्रेन एकेडेमीलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । 

          पहिलो सेमिफाइनल खेलमा पुलिसका रोयल चौधरी र अङ्शु बास्फोरले गोल गरेका थिए । उक्त खेलमा एक्वा स्कुलका युनिक रुचाल अफ द म्याच घोषित भए । दोस्रो खेलमा बराह राइजिङका शिशिर कार्की, सुबोध कटुवाल र कान्जी राइले गोल गरे । सो खेलमा देउराली चिल्ड्रेनका युसन राई म्यान द म्याच घोषित भए । उनीहरुलाई डिपो स्कुल ब्यवस्थापन समिति सदस्य सुर्य पन्धाक लिम्बू र दिपबहादुर राइले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

 यसैगरि दिलकुमार प्लेट च्याम्पियनतर्फ बुधबार भएको सेमिफाइनल खेलमा मर्निङ स्टारले प्रभात स्कुललाई २-१ र कार्मेल स्कुलले बिष्णु स्कुललाई २-० गोल अन्तरले पराजित गर्दै फाइनल प्रबेश गरेको छ । पहिलो खेलमा मर्निङ स्टारका प्रनव माझी र आयुस राना मगरले गोल गरेका थिए। दोस्रो खेलमा कार्मेलका दर्शन राई र नुयाङ राइले गोल गरे । प्लेट च्याम्पियन उपाधिका लागि बिहिबार कार्मेल र मर्निङ स्टार र तेस्रो उपाधिका लागि एक्वा स्कुल र देउराली चिल्ड्रेनले प्रतिस्पर्धा गर्नेछ।