धरान: पाचौ मिस्टर भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि आयोजक भिजन फिटनेसका रमेश फोम्वोले जितेका छन् । 

धरान १३ स्थित धरान वेन्क्वेट पार्टी प्यालेसमा आज (शनिबार) सम्पन्न मिस्टर भिजन प्रतियोगिताको फाइनलमा तीन प्रतिस्पर्धीलाई पछि पार्दै फोम्वोले उपाधि जितेको हो । फोम्वो ६० तौल समुहका विजेता बन्दै ओभरअल चरणमा प्रवेश गरेका थिए । उनले उपाधि संगै नगद ५०हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

दोस्रो उपाधि एनि टाइम फिटनेसका उमेश राईले जितेका छन् । उनी ७५ केजि तौल समुह विजेता बन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । उनले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरि ५५ केजि तौल समुहबाट विजेता हुदै फाइनल चरणमा प्रवेश गरेका धरान व्यायमशालाका अनुप लिम्वु तेस्रो र ६५ केजि तौल समुह विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका झुनाज फिटनेसका सागर लिम्वु चौथो भए । उनीहरुले क्रमशः जनहि १५ हजार र १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

mr vision2

       प्रतियोगिताको व्याक्तिगत उपाधि तर्फ वेस्ट पोजर उपाधि एनिटाइम फिटनेसका उमेश राई, मोस्ट इम्प्रुभमेन्ट उपाधि भिजन फिटनेसका विनोदकुमार नेपाली, वेस्ट मस्कुलर उपाधि धरान फिटनेस क्लवका सन्तोष विश्वकर्मा र वेस्ट टिम उपाधि आयोजक भिजन फिटनेसले जितेको छ । उनीहरुलाई जनहि नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । भिजन फिटनेसले आयोजना गरेको अन्तर धरान उपमहानगरपालिका स्तरिय प्रतियोगितामा ५५, ६०, ६५ र ७५ केजि तौल समुहबाट १८ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

mr vision1

भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठको अध्यक्षतामा आयोजित प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगदरपालिकाका उपमेयर अइन्द्रविक्रम वेघा, धरान १६ नं वडा अध्यक्ष मुरारी भट्टराई, १ नम्बर वडाध्यक्ष यज्ञमणी आचार्य, १० नम्बर वडाध्यक्ष विवेक राई, नेपाल फोटो पत्रकार महासंघ, सनुसरी अध्यक्ष विकास चाम्लिङ राई, अग्रज पत्रकार महेश श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । 

प्रतियोगितामा मुख्य निर्णायकको रुपमा हरि धिमाल, कविरभगत प्रधानाङ्ग, इश्वरलाल उदास, नवनित प्रधान र सिता राई श्रेष्ठ रहेको थियो । कार्यक्रममा पत्रकारीता मार्फत धरानको खेलकुद विकाशमा योगदान पुर्याए वापत नेपाल फोटो पत्रकार महासंघ सुसरीका अध्यक्ष विकास चाम्लिङ राईलाई आयोजक भिजन फिटनसले सम्मान गरेको थियो । उनलाई भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठले खदा ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो ।  

तस्विरः बिशाल थेवे

vision