धरान: स्वास्थ्य धरानको नारा दिएर शुरु भएको धरान रनको शनिबार ६२९ औं हप्ता पुरा भएको छ भने १३ औं बर्षमा प्रवेश गरेको छ । 

सोही बार्षिकोत्सवको अवसरमा धरान रन समुहले शनिबार केक काटेर बार्षिकोत्सव मनाएको छ । प्रत्येक शनिबार बिहान धरान ८ स्थित यलम्बर वन समुहको गेटबाट धरान रन हुने गर्छ । सोही स्थानमा आज (शनिबार) बिहान केक काटेर बार्षिकोत्सब मनाइएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथि धरान वडा ८ का अध्यक्ष धन वहादुर राई र धरान रनका संरक्षक भक्तिमाया राईले संयुक्तरुपमा केक काटेका थिए ।

dharan run1

प्रमुख अतिथि राईले धरान रनले स्वास्थ्य जीवनको लागि बालबालिका, युवायुवतीहरुलाई नियमितरुपमा दौड गराएको भन्दै प्रशंसा गरे। उनले आगामी बजेटमा यो कार्यक्रमको निरन्तरताका लागि रातो किताबमा पर्ने गरि पहल गर्ने प्रतिबद्धता पनि जनाएका थिए । धरान रन हरेक शनिवार विहान ७ बजे यलम्बर वन समुहदेखि तिनकुनेसम्म करिब ३.५ किलोमिटर दौड हुने गरेको छ । शनिबार बिहान बालबालिकादेखि युवायुवतीहरु पनि सहभागी हुने गरेका छन् । शनिबार बिहान हुने दौड कोरोनाकाल बाहेक अन्य समय कुनै पनि दिन नरोकिएको धरान रनका अध्यक्ष रमु राईले जानकारी दिए । 

dharan run2

कार्यक्रममा गत फागुन १२ गते सम्पन्न भएको धरान रन नेवा च्यारिटी दौडमा सहभागीमध्ये चिपटाईमिङ सिस्टम प्रयोग भएको चिप फिर्ता गर्नेहरुमध्ये लक्कि ड्र गरि ३ जनाले गिफ्ट हेम्पर पाएका छन् । लक्कि ड्र मार्फत सदा लिम्बु, सुशील मगर र सुदिपधन राईलाई वडाअध्यक्ष राई, पत्रकार महासंघ सुनसरीका का अध्यक्ष जनकऋर्षि राईबाट गिफ्ट हेम्पर प्रदान गरिएको थियो । 

यस्तै, धरान रनमा २० हप्ता दौड पूरा गर्ने एलिस राई, साहेङमा राई, देहाङ लिम्बुलाई २० हप्ता लेखेको टिसर्ट प्रदान गरिएको थियो । कार्यक्रममा निवर्तमान नगर प्रमुख तिलक राई, नेपाल पत्रकार महासंघ,सुनसरीका अध्यक्ष जनक चाम्लिङ, नेपाल फोटो पत्रकार संघ सुनसरीका अध्यक्ष विकास चाम्लिङलगायतको उपस्थिति रहेको थियो ।

dharan run3