धरान: दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिताको महिला तर्फको सेमीफाइनल समीकरण पुरा भएको छ ।
सोमबारको भएको खेलमा आइएसए नेपालले प्रतियोगिताको तेस्रो जित निकाल्दै ए पोल समुह विजेता भएर सेमीफाइनल प्रवेश गरेको छ । वि पोल तर्फ दुवै खेलमा जित निकाल्दै रेडडेभिल्स समुह पनि विजेता बनेर सेमीफाइनल प्रवेश गरेको छ ।
आइएसए नेपालले सोमवार भएको खेलमा युवा जागृति क्लवलाइए ४९–१० र रेडडेभल्सले इलुजन झापालई २२–१३ अंकले पराजित गरेको थियो । वि पोल समुहमा रहेका इलुजनले दुवै खेल गुमाए पछि इमोर्टल एक जित निकाल्दै उपविजेता बनेर सेमीफाइनलमा स्थान बनायो । इमोर्टलले अघिल्ले दिन आइतवार भएको खेलमा इलुजनलाई पराजित गरेको थियो ।
यसैगरि, एक हार, दुई जित निकालेको धरान मेघा कलेजले तरहरालाई ५४–१४ अंकले पराजित गर्दै ए पोल समुहमा उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ । सेमीफाइनलमा ए पोलका विजेता आइएसएले वि पोलका उपविजेता इमोर्टलसँग खेल्नेछ भने वि पोलका विजेताले ए पोलका उपविजेता धरान मेघाको सामना गर्नेछ । यसैगरि, सोमबार नै भएको पुरुषतर्फको खेलमा युवा जागृति र होराइजन क्लवले जित निकालेको छ। युवा जागृतिले तरहरा ए टिमलाई ५४–४९ र होराइजनले तरहरा वि टिमलाई ६०–४४ अंकले पराजित गर्यो ।
भोलि (मंगलबार) को खेल पुरुष तर्फ डिपो कलेज र युजिए, धरान १३ र मिराकल, होराइजन क्लव र यलम्वर क्लव, व्रदस र इमोर्टल क्लव विच प्रतिस्पर्धा हुनेछ । महिला तर्फ भने आइएसए नेपाल र इमोर्टल विच पहिलो सेमीफाइनल खेल हुनेछ । प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा आयोजना भइरहेको छ। प्रतियोगीता जेष्ठ ४ गते सम्म चल्नेछ।