धरान: दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिताको पुरुषतर्फ इमोर्टल क्लव सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
मंगलवार इमोर्टल र व्रर्दस बीच भएको प्रतिस्पर्धात्मक खेलमा इमोर्टलले ५९–५५ अंकको अन्तरले व्रदशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । उक्त खेलमा इमोर्टल र व्रर्दसले प्रत्येक क्वाटरमा ११–१३, १२–१७, १७–११ र १९–१२ अंक जोडेको थियो ।
यसैगरि सोही दिन भएको अन्य खेलमा डिपो क्याम्पस, मिराकल र यलम्वर जित निकाल्दै क्वाटर फाइनल प्रवेश गरेको छ । डिपोले युनाइटेड गोर्खालाई २९–२१, मिराकलले धरान १३ लाई ४९–१६ र यलम्वरले होराइजनलाई ५१–४७ अंकको अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
खेलमा डिपो र युनाइटेड गोर्खाले प्रत्येक क्वाटरमा ११–४, ४–४,३–४ र ११–६ अंक जोडेका थिए । दोस्रो खेलमा सहज जित निकालेका मिराकल र धरान १३ ले प्रत्येक क्वाटरमा ११–२, १०–६, १२–७ र १६–४ जोडे । तोस्रो खेलमा यलम्वर र होराइजनले प्रत्येक क्वाटरमा १८–१५, १४–१४, ९–९ र १०–९ अंक जोडेका थिए ।
बुधवार हुने क्वाटर फाइनल खेलमा डिपोले युवा जागृति, यलम्वरले मिराकल र झापाले होलिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। महिलातर्फ भने सेमिफाइनल खेलको समिकरण यसअघि नै पुरा भइसकेको छ । महिला तर्फ धरान मेघा र रेड डेभिल्स र आइएसए नेपाल काठमाण्डौ र इमोर्टल विच फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको सम्पुर्ण खेलहरु धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा संपन्न भइरहेको छ । प्रतियोगीता जेष्ठ ४ गते सम्म चल्नेछ।