धरान: तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको दोस्रो दिन होलिल्याण्ड इन्टरनेसनल स्कुल, डिपो स्कुल र कार्मेल हाइ स्कुल बिजयी भएका छन् ।
प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा होलिल्याण्ड स्कुलले आयोजक धरान मेघा बि टिमलाइ ७१(३५ अंकको अन्तरले पराजित गर्यो । खेलमा होलिल्याण्ड स्कुल र धरान मेघाले प्रत्येक क्वाटरमा ११–५, १५–८, १२–४ र २३–१८ अंक जोडेका थिए ।
दोस्रो खेलमा डिपो ए टिमले एम्स एकेडेमीलाई ४५–२७ अंकको अन्तरले हरायो । खेलमा डिपो र एम्स कलेजको प्रत्येक क्वाटरमा १४-६, ६-५, १३-८ र १३-८ अंक रहेको थियो ।
यसैगरि, तेस्रो खेलमा कार्मेलले चिल्ड्रेन एकेडेमीलाई ४९–३९ अंकको अन्तरले पराजित गर्यो । कार्मेल र चिल्ड्रेन टिमले प्रत्येक क्वाटरमा १२–१०, १४–१३, १२–६ र १२–१० अंक जोडेका थिए ।
धरान मेघा हिमालयन कलेजको आयोजनामा शुरु भएको प्रतियोगितामा बुधबारदेखि क्वाटरफाइनल खेल शुरु हुदैछ । क्वार्टरफाइनलमा धरान मेघा ए र धरान आदर्श, बिजयपुर स्कुल र सियोन स्कुल, होलिल्याण्ड स्कुल र डिपो ए, कार्मेल स्कुल र टावर टेम्पल स्कुल झापा बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
कक्षा १२ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा १४ टिमले सहभागिता जनाएको छ । प्रतियोगिताका विजेताले नगद २५ हजार, उपविजेताले नगद १२ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।