धरान: जुनियर मिस्टर एण्ड मिस धरान आइडलको ट्यालेट शो सम्पन्न भएको छ।

धरान ७ स्थित सिद्धि नेवा परिषदको सभाहलमा मंगलबार ट्यालेन्ट शो सम्पन्न भएको हो । धराने मिडिया र होप धरानद्वारा आयोजित कार्यक्रमको ट्यालेन्ट शोमा ३० जना प्रतिस्पर्धी बालबालिकाहरुले प्रतिभा प्रस्तुत गरेका थिए । प्रतिस्पर्धीहरुले आफ्नो क्षमता अनुसार गायन, नृत्य तथा वत्तित्वकला प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं कोशी प्रदेशसभाकी सभासद यशोदा कायस्थले दिप प्रज्वलन गरेर भएको थियो । ट्यालेन्ट शोमा निर्णायकको रुपमा मिस सुनसरी एसइइ २०२३ की मिस ट्यालेट विजेता रिया विश्वकर्मा, याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बो, राष्टिय कलाकार अम्बिका दवाडी, राष्टिय गायक सुरज भुजेल र नृत्य कोरियोग्राफर सानुराजा थेगिम रहेका थिए ।

talent6

कार्यक्रम सञ्चालन राहिल गिरीले गरेका थिए । ट्यालेन्ट शोको नतिजा खामबन्दी गरेर निर्णायकहरुले आयोजकलाई बुझाएको र भदौ १६ गते हुने ग्राण्ड फिनालेमा मात्र निर्णायकहरुको उपस्थितिमा खाम खोलेर घोषणा गरिने आयोजकले जनाएको छ । 

बालबालिकाहरुको क्षमता अभिवृद्धि तथा प्रदर्शन गर्ने उद्देश्यले जारी जुनियर मिस्टर एण्ड मिस धरान आइडलमा कोरियोग्रफर उमेश खड्काले प्रशिक्षण गराइरहेका छन् । उनीहरुलाई धरान-७ बुद्धमार्ग स्थित होप धरानको हलमा स्टेज प्रस्तुतिका लागि प्रशिक्षण भइरहेको छ ।