धरान: २० औं ललित–अम्बर डिपो कप –२०८२ मा नेपाल पुलिस स्कुल सेमीफाइनल प्रवेश गरेको छ । 

प्रतियोगिताको सोमबार भएको पहिलो क्वार्टरफाइनल खेलमा पुलिस स्कुल, धरान–१३ ले इम्मानुयल इङ्लिस बोर्डिङ स्कुल, धरान–१७ लाई १ - ० गोल गर्दै सेमीफाइनल प्रवेश गरेको हो । पुलिसको जितमा जर्सी ९ का विनायक निरौलाले निर्णायक गोल गरेका थिए । 

खेलमा म्यान अफ द म्याच इम्मानुयलका सपन दाहाल भएका थिए । दाहाललाई डिपो सेकेण्डरी स्कुलका व्यवस्थापन समिति सदस्य सुर्य पन्धाकले मायाको चिनो दिएका थिए । 

यसैगरि, दोस्रो क्वाटर फाइनल खेलमा धरान इङ्लिस बोर्डिङ स्कुल, धरान–५ ले टाइब्रेकरमा लिगामेन्ट इङ्लिस बोर्डिङ स्कुल, धरान–१६ लाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ । 

depo cup1

निर्धारित समयको खेल १/१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । खेलमा धरान इङ्लिस बोर्डिङ स्कुलका रोमन जिमी म्यान अफ द म्याच भएका थिए । उनलाई डिपो सेकेण्डरी स्कुलका व्यवस्थापन समिति सदस्य सुर्य पन्धाकले मायाको चिनो दिएका थिए । 

प्लेट च्याम्पियनसिपमा हिमशिखर र प्रभात सेमीफाइनल

ललित–अम्बर डिपो कप–२०८२ अन्तर्गत मा सोमबार भएको क्वाटर फाइनलमा हिमशिखर इङ्लिस बोर्डिङ स्कुल इटहरीले जित हासिल गर्दै सेमीफाइनल प्रवेश गरेको छ । 

हिमशिखरले माउण्ट हर्मन एकाडेमी धरान–१८ लाई टाइब्रेकरमा ३–२ गोलअन्तरले स्तब्ध बनाउदै अन्तिम चारको यात्रा तय गरेको हो । निर्धारित समयको खेल प्रतिस्पर्धात्मक भएपनि दुवै टिमबाट गोल हुन सकेन । खेलमा सहभागिताको लागि माउण्ट हर्मनलाई मायाको चिनो दिइएको थियो । उक्त मायाको चिनो नेपाल सितेरियो कराते महासङ्घ सुनसरीका अध्यक्ष रबि थुलुङले प्रदान गरेका थिए । 

depo cup2

प्लेट च्याम्पियनकै दोस्रो खेलमा प्रभात इङ्लिस बोर्डिङ स्कुल धरान १२ ले सिद्धार्थ शिशु सदन धरान १६ लाई पराजित गरेको छ । प्रभातको प्रतिस्पर्धी विद्यालय युनाइटेड गोर्खा एकाडेमी, धरान–१५ अनुपस्थिति भएपछि सिद्धार्थ र प्रभातबीच खेल भएको थियो । उक्त खेलमा प्रभातले १)० गोलअन्तरले जित हासिल गर्दै प्लेट च्याम्पियनसिपको सेमीफाइनलमा स्थान बनायो । खेलको निर्णायक गोल जर्सी १० का सायश शाक्यले गोल गरेका थिए ।

खेलमा सहभागिताकोलागि सिद्धार्थ शिशु सदनलाई मायाको चिनो दिइएको थियो । उक्त मायाको चिनो नेपाल पत्रकार महासङ्घ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राईले प्रदान गरेका थिए ।

depo cup3

प्रतियोगितामा भोली मंगलबार तीन सेमिफाइनल खेलहरु हुने आयोजकले जनाएको छ । पहिलो खेल प्लेट च्याम्पियनतर्फको हुनेछ भने थप दुई खेल डिपो कपको मुख्य स्पर्धातर्फको हुनेछ । प्लेट च्याम्पियनको पहिलो खेल हिमशिखर इङलिस बोर्डिङ स्कुल, इटहरी र जोलसाया एकाडेमी, धरान–११ बीच हुनेछ । 

यसैगरि, डिपो कपको सेमिफाइनलको पहिलो खेल डिपो सेकेण्डरी स्कुल, धरान–१८ र नेपाल पुलिस स्कुल, धरान–१३ बीच हुनेछ । दोस्रो सेमिफाइनल खेल धरान इङ्लिस बोर्डिङ स्कुल धरान–५ र आइडल इङ्लिस बोर्डिङ स्कुल, धरान–१४  बीच हुनेछ ।