धरान: धरानका पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले वर्तमान मेयर हर्क साम्पाङलाई संयमता अपनाउन र वडाका सबै जनप्रतिनिधिहरुलाई साथमा लिएर अघि बढ्न सुझाव दिएका छन् । तीन दिने धरान उत्सवको तयारी बैठकमा २ जना वडाअध्यक्षहरु मात्र उपस्थित भएको देखेपछि पुर्वमेयर मेन्याङ्बोले मेयर साम्पाङलाई यस्तो सुझाव दिएका हुन् ...
धरान: तीन दिने धरान उत्सव मनाउने तयारी स्वरुप मंगलबार आयोजित बैठकमा २ जना वडाअध्यक्षहरु मात्र सहभागी भएका छन् । सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजित बैठकमा वडा नं १४ र वडा नं ६ का वडाअध्यक्षहरु मात्र सहभागी भएका थिए । उपमहानगरपालिकाले पत्र काटेर नै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई बोलाए पनि स ...
विराटनगर: प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक बिजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई सम्मान गर्न आवश्यक बजेट स्वीकृत गर्ने निर्णय गरेको छ । निर्वाचन आचार संहिताको कारण यो कार्यक्रम रोकिएको थियो । आज मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा ब ...
धरान: कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुसँग विवाद बढ्दै गएर निरन्तर बैठकसमेत अवरुद्ध भएपछि धरानका राजनीतिक दलहरुले मेयर हर्क साम्पाङलाई संवाद र सहकार्य गर्न सुझाव दिएका छन् । विभिन्न ६ वटा राजनीतिक दलहरुले संयुक्त विज्ञप्ती जारी गर्दै नेतृत्वको हैसियतामा समस्या समाधानको लागि पहल कदमी र अभिभावकीय भु ...
धरान: मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा चमारे शब्द प्रयोग गर्दा दलित समुदायलाई दुःखी बनाएकोमा माफी मागेका छन् । सामाजिक सञ्जालमा चौतर्फी आलोचना र राष्ट्रिय दलित आयोगले कानुनी कारबाहीको सिफारिश गरेपछि दबाबमा परेका मेयर साम्पाङले आज विज्ञप्ती जारी गर्दै माफी मागेका हुन् । उनले कसैलाई ठे ...
धरान: मेयर हर्क साम्पाङ र कार्यपालिका सदस्यहरुबीचको विवादले बैठक बस्न नसकेको बिषयमा उपमेयर अइन्द्रबिक्रम बेघाले सार्वजनिक कार्यक्रममा आफ्नो धारणा राखेका छन् । धरान १० स्थित उद्यमशिल बचत तथा ऋण सहकारी संस्थाको एघारौं जन्मोत्सव तथा १० औं साधारणा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर बेघाल ...
धरान: धरानका मेयर मेयर हर्क साम्पाङले दलित समुदायको अपमान हुने गरि अभिव्यक्ति दिएको र आत्मालोचना पनि नगरेको भन्दै राष्ट्रिय दलित आयोगले कानुनी कारबाही गर्न गृहमन्त्रालयलाई सिफारिश गरेको छ । मेयर साम्पाङको अभिव्यक्तिप्रति चासो राख्दै जनप्रतिनिधिको सम्मान स्वरुप अभिव्यक्ति सच्याउन र आत्मालोचना गर ...
धरान: दुई महिना अघिदेखिको धरानका मेयर हर्क साम्पाङ र वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीचको विवाद मत्थर हुने संकेत कतैबाट मिलेको छैन । अहिले राजनीतिक दलबाट निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु र स्वतन्त्रबाट निवार्चित मेयर साम्पाङबीचको विवाद झनै चर्कदै गएको छ, र दुरी बढ्दो छ । ...
धरान: कानुन विपरीत जातीय विभेदलाई अभिवृद्धि हुने गरि तथा दलित समुदायको अपमान हुने गरि सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको भन्दै धरानका मेयर हर्क साम्पाङलाई कानुनी कारबाहीको माग गरिएको छ । धरानका तीन जना कार्यपालिका सदस्यहरुले बिहिबार साँझ संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै मेयर साम्पाङलाई कारबाह ...
धरान: निरन्तर कार्यपालिका बैठक बस्न नसके पछि आज धरानका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन गरेर मेयर हर्क साम्पाङ निरंकुश, स्वेच्छाचारी र अराजक बनेको आरोप लगाएका छन् । बिहिबार दिउँसो धरान उपमहानगरपालिका परिसरमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरुले कार्यपालिका बैठक बस्न नसक्नुम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित