धरान: कोशीबाट पानी ल्याएर काकाकुल धराने जनताको तिर्खा मेट्ने एजेण्डा बोकेका मेयर हर्कराज राई (साम्पाङ) को सपना साकार हुने क्रममा छ । सप्तकोशीबाट पानी ल्याउने उनको प्रमुख चुनावी एजण्डा नै थियो । उक्त एजेण्डा कार्यान्वयन हुने गरि संघीय सरकारअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले अध्ययन थालेको छ ...
सुनसरी उद्योग वाणिज्य संघ धरानको नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु भइसकेको छ । हिजो (आइतबार) अध्यक्ष पदमा ३ जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको छ । ती मध्ये एक उम्मेद्वार हुन् विजय श्रेष्ठ । श्रेष्ठ अघिल्लो निर्वाचनमा पनि अध्यक्षका प्रत्यासी थिए, तर वर्तमान अध्यक्ष गिरीधारी सापकोटासँग झिनो मतान्तरले ...
धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानको अध्यक्ष पदमा ३ जनाले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् । आइतबार धरान १ स्थित संघको कार्यालयमा स्थापना गरिएको निर्वाचन कार्यालयमा ३ जनाले अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । अध्यक्ष पदमा शिवराज श्रेष्ठ, विजय श्रेष्ठ र पवन अग्रवालले मनोनयन दर्ता गराएका हुन् । स ...
धरान: अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले महेन्द्र बहुमुखी क्याम्पसको प्रशासनमा ताला लगाएको छ । आफ्ना मागहरु पुरा नभएपछि हिजो शुक्रबार संगठनको क्याम्पस कमिटीले ताला लगाएको हो । यसअघि असार ६ गते कमिटीले क्याम्पस प्रमुख समक्ष विभिन्न ४ सुत्रीय माग राखेर ४८ घण्टाको अल्टिमेटम दिएको थियो । उक्त समयस ...
धरान: धरान उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ ।शुक्रबार सुनसरी उद्योग वाणिज्य संघको हलमा ११ औं नगरसभामा उपप्रमुख अइन्द्रबिक्रम बेघाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको हो । नीति तथा कार्यक्रममाथि ४ जना नगरसभा सदस्यहरुले सुझाव दिएका थिए । उक्त सुझ ...
धरान: विनियोजन विधेयकमा सामाजिक विकास समितिको बजेट र उपमेयर कोषको विवाद नटुंगिदै आज धरानको नगरसभा हुदैछ । सुनसरी उद्योग वाणिज्य संघको हलमा दिउँसो १ बजे नगरसभाको तयारी भइरहेको छ । नगरसभा अघि उपमहानगरपालिकामा सहजीकरण समितिको बैठक बस्ने तयारी भइरहेको मेयर हर्कराज राई (साम्पाङ)ले जानकारी दिए । मेयर ...
धरान: धरानको कार्यपालिका बैठकमा सहमति जुट्न नसकेपछि स्थगित भएको छ । खासगरि नेकपा एमालेका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बजेट विनियोजनमा असहमति जनाउदै बैठक छोडेर हिडेपछि स्थगित भएको हो । उपमेयर कोष र सामाजिक विकास समितिको बजेटमा एमालेको असहमति जनाउदै बैठक छाडेर हिडेपछि स्थगित भएको छ । वि ...
धरान: नेपाली कांग्रेसको भातृ संगठनहरु नेपाल विद्यार्थी संघ र तरुण दलले आफ्नै माउ पार्टी नेपाली कांग्रेस नेतृत्वको केन्द्रीय सरकारविरुद्ध धरानमा प्रर्दशन गरेको छ । पेट्रोलियम पदार्थको मुल्य आकाशिएको र जनता मारमा परेको भन्दै विद्यार्थी र तरुणहरुले आज दिउँसो धरानमा सिट्ठी जुलुस निकालेका हुन् । सिंहदेवी ...
धरान: समयमै नीति तथा कार्यक्रम अध्ययन गर्न नदिइएको भन्दै वडाअध्यक्षहरुले समय माग गरेपछि बुधबार हुने भनिएको धरानको नगरसभा सरेको छ । आज (मंगलबार) भएको कार्यपालिका बैठकमा नगरसभामा प्रस्तुत गरिने नीति तथा कार्यक्रम प्रमुख एजेण्डा रहेको थियो । झण्डै डेढ घण्टा ढिला गरि शुरु भएको कार्यपालिका बैठकमा प ...
धरान: गत बैशाख ३० गतेको निर्वाचनपछिको धरान उपमहानगरपालिकाको तेस्रो कार्यपालिका बैठक शुरु भएको छ । दिउँसो २ बजेको लागि बोलाइएको बैठक करिब डेढ घण्टा ढिला गरि शुरु भएको हो । अघिल्लो २ वटा बैठक प्रत्यक्ष प्रसारण गर्न दिइए पनि आजको बैठक भने सञ्चारकर्मीहरुलाई लाइभ गर्न दिइएन । बैठकमा भोली बुधबार हुने भनिए ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित