धरान: धरानको प्रमुख सडकमध्येको एक धरान वडा १२ स्थित चतरालाइन सडकलाई ५० फिट बनाइने भएको छ । छाताचोकदेखि स्वास्तिका चोकसम्म ५० फिट सडक विस्तार गर्न सहजीकरण समिति पनि गठन भएको छ । १२ नम्बर वडा कार्यालयले आयोजना गरेको छलफलले नरेश शाक्यको संयोजकत्वमा ९ सदस्यीय सहजीकरण समिति गठन गरेको छ । धरान ११ स् ...
धरान: १२२ औं स्थापना दिवस मनाउने क्रममा यही पुष २०, २१ र २२ गते तीन दिने धरान उत्सव भव्यरुपमा सम्पन्न भयो । उत्सव जति भव्यरुपमा सकियो, यसको लागत अर्थात बजेटको बिषयमा पनि प्रश्नहरु उठेको थियो । उत्सव शुरु हुनु भन्दा एक दिन अघि मात्र कार्यपालिका बैठक बसेर बजेटबारे निर्णय भएको थियो । उक्त बैठकको निर्णय ...
धरान:धरानको कार्यपालिका बैठकले वडा नं २० मा बेसार उद्योग स्थापना गर्ने निर्णय गरेको छ । आज (बिहिबार) बसेको कार्यपालिका बैठकले वडा नं २० मा उपयुक्त स्थान खोजेर उद्योग स्थापना गर्ने निर्णय गरेको हो । मेयर हर्क साम्पाङले वडा २० मा बेसार उद्योग बनाउने योजना अघि सारेका छन् । उनले यसअघि नै वडा अध्यक् ...
धरान: धरान उपमहानगरपालिकाले आन्तरिक आय बढाउनको लागि सम्भाव्यताहरुको अध्ययन गराउन विज्ञ परामर्शदाता नियुक्त गर्ने भएको छ । आज (बिहिबार) भएको कार्यपालिका बैठकले राजश्व सम्बन्धी विज्ञ परामर्शदाता नियुक्त गरी अध्ययन गराउने निर्णय गरेको हो । उपमहानगरपालिकाको आन्तरिक आय एकदमै न्युन भएकोले यसका सम्भाव ...
धरान: रानी विराटनगर इटहरी धरान सडक योजना अन्तर्गत धरानको बजार क्षेत्र भएर जाने सडक ६ लेन विस्तार गर्ने कि बाइपास गर्ने भन्ने बहस टुंगोमा पुगेको छैन । ६ लेन सडक विस्तार गरिदा बजार क्षेत्रमा अरबौंको भौतिक संरचना क्षति पुग्ने भएकोले बाइपास गर्नुपर्ने भन्दै पहल र सर्वे गरिए पनि त्यसले औपचारिकता पा ...
धरान: १२२ औं स्थापना दिवस मनाइरहेको धरान उपमहानगरपालिकाले बिहिबार समृद्धि ल्याउने बिषयक छलफल आयोजना गरेको थियो ।सुनसरी उद्योग वाणिज्य संघको संयोजनमा समृद्धिबारे भएको छलफलमा सुनसरीका १२ वटै स्थानीय तहका मेयर, उपमेयरहरुलाई निम्त्याइएको थियो । यस्तै, प्रदेश नं १ का प्रदेशसभा सदस्यहरु पनि सहभागी थिए । छ ...
धरान : धरान स्थापना दिवसको अवसर पारेर बुधबारदेखि तीन दिने धरान डे (धरान उत्सव) मनाइदैछ । उत्सवको पहिलो दिन बुधबार (पुष २०) धरान उपमहानगरपालिकाले सार्वजनिक विदा दिएको छ । उपमहानगरपालिकाले आज (मंगलबार) सुचना जारी गर्दै उद्घाटन समारोहका दिन विगतमा झैं सार्वजनिक विदा दिइएको जनाएको छ । पुष ११ गते ब ...
धरान: धरान उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा तीन दिने धरान उत्सव मनाइने भएको छ । उपमहानगरपालिकाले बिहिबार पत्रकार सम्मेलन गर्दै पुष २०, २१ र २२ गते विविध कार्यक्रम गर्दै तीन दिन उत्सवन मनाउने जानकारी दिएको हो । उत्सव धरान १२ स्थित पब्लिक माविको खेल मैदानमा आयोजना हुने मेयर हर्क साम्पाङले ज ...
धरान:अंग्रेजी नयाँ बर्षलाई लक्षित गर्दै चर्चित पर्यटकीयस्थल भेडेटारमा यसपाली पनि तीन दिने फुड फेस्टिवल आयोजनाको तयारी भएको छ । होटल एशोसिएशन भेडेटारले यही पुष १६, १७ र १८ गते तीन दिन १० औं भेडेटार फुड फेस्टिवल आयोजना गर्न लागेको हो । आयोजक एशोसिएशनले शनिबार पत्रकार सम्मेलन गर्दै फेस्टिवलबारे जानकारी ...
धरान: निर्माण कार्य शुरु भएको ४ महिनामा निशाने खोला दोभानमा बनेको पानीट्यांकी धरान खानेपानी बोर्डलाई हस्तान्तरण गरिएको छ । निशाने खोला खानेपानी ट्यांकी निर्माण समितिले बिहिबार ट्यांकी निर्माणस्थलमा कार्यक्रमको आयोजना गरि ट्यांकी बोर्डलाई हस्तान्तरण गरेको हो । निर्माण समितिले मेयर हर्क साम्पाङला ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित