धरान: धरानमा कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । तीन दिनसम्म भेरो सेल खोप कार्यक्रम भएको धरानमा भोलीदेखि जोन्सन खोप लगाउने तालिका थियो । साथै, थप एक दिन भेरो सेल खोप लगाउने भनिएको थियो । तर, जिल्ला स्वास्थ्य कार्यालयबाट खोप नआइपुगेको कारण स्थगित गर्नुपरेको उपमहानगरपालिकाले जनाएको छ । यस्त ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १८० जनामा कोरोना संक्रमित थपिएका छन् । थप भएकामध्ये धरानमा ११७ जना रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार कुल २ हजार १२४ जनाको पीसीआर परीक्षण गर्दा ६७८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, १ हजार ७२८ जनाको एन्टिजेन परीक्षण गर्दा ५०२ जनामा कोरोना ...
धरान: कोभिड १९ विरुद्धको खोप अभियानमा धरानमा दोस्रो दिन मंगलबार ५ हजार बढीले भेरो सेल खोप लगाएका छन् । धरानको विभिन्न ७ वटा खोप केन्द्रमा मंगलबार एकै दिन ५ हजार २ सय ९२ जनाले खोप लगाएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले भेरो सेल ५ हजारलाई लगाउने लक्ष्य लिएको थियो । पुर्वघोषित तालिका अनुसार अ ...
धनकुटा: धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारमा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ । दमारसहित आसपास क्षेत्रका सर्वसाधरणलाई सहज रुपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्न चार कोठे पक्की भवन निर्माण गरिएको हो । कुल ३३ लाख ६६ हजारको लागतमा निर्माण गरिएको सो भवनको एक कार्यक्रमकाबीच उद्घाटन ...
धरान: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा १ हजार २७० जनामा कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये धरानमा ११४ जना छन् ।सामाजिक विकास मन्त्रालयका अनुसार २ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७११ जनामा संक्रमण देखिएको हो भने १ हजार ७४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५५९ जनामा संक्रमण पुष्टि भएको हो । पी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डिएम अध्ययनरत एक डाक्टरलाई अभद्र व्यवहार गरेको आरोप लागेका आर्थिक प्रशासन महाशाखा प्रमुख कमल रायमाझीको सरुवा भएको छ । आन्दोलनरत जुनियर रेजिडेन्टहरुसँग कारबाही गर्ने प्रतिवद्धता जनाए अनुसार आरोपित लेखा प्रमुख रायमाझीलाई प्रतिष्ठानले कारबाही स्वरु ...
धरान: कोभिड १९ विरुद्धको खोप अभियान अन्तर्गत पहिलो दिन सोमबार धरानमा २ हजार ९ सय ५ जनाले भेरो सेल खोप लगाएका छन् । धरानको विभिन्न ७ वटा खोप केन्द्रमा ५५ बर्ष वा सो भन्दा माथिको उमेर समुहका नागरिकहरुले खोप लगाएका हुन् । यस्तै विभिन्न लक्षित समुहका व्यक्तिहरुले पनि खोपको पहिलो मात्रा लगाएका छन् । ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ११६ जनामा कोरोना संक्रमण देखिएको छ ।कुल २ हजार १२६ जनाको पीसीआर परीक्षणमा ५४२ को रिपोर्ट पोजेटिभ आएको छ भने १ हजार ८२१ जनाको एन्टिजेन परीक्षणमा ५७४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आध ...
धरान: आजदेखि धरानसहित सुनसरी जिल्लाको सबै स्थानीय तहहरुमा कोरोना विरुद्धको खोप कार्यक्रम शुरु हुदैछ । सुनसरीमा आजदेखि पहिलो चरणमा चीनमा बनेको भेरो सेल खोप लगाइनेछ भने दोस्रो चरणमा अमेरिकामा बनेको जोन्सन खोप लगाईने भएको छ । धरान उपमहानगरपालिकाका अनुसार आज (साउन ११), १२ र १३ गते ५५ वर्ष वा सो भन्दा मा ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । कुल १ हजार ५८५ जनाको पीसीआर परीक्षण गरिएकोमा ४५७ को रिपोर्ट पोजेटिभ आएको छ भने ७६७ जनाको एन्टिजेन परीक्षणमा २१६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झाप ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित