धरान: निषेधाज्ञा खुकुलो भएसँगै प्रदेश १ मा कोरोना संक्रमणको दर उच्च हुन थालेको छ । पछिल्लो चौबिस घण्टामा प्रदेशभरि १०९१ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ६६१ जनाको पीसीआर परीक्षण गर्दा ३३८ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २ हजार २८१ जनाको एन्टिजेन परीक्षण ...
धरान: प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै धरानमा दैनिकरुपमा कोरोना संक्रमणको संख्या कमी नभएपछि उपमहानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना भए नभएकोबारे अनुगमन शुरु गरेको छ । उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा सुनसरी उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीहरुसहितको ...
विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये सुनसरीको धरानमा ७३ जना छन् । सामाजिक विकास मन्त्रालयका अनुसार कुल २ हजार १३१ जनाको पीसीआर परीक्षणबाट ४८३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, १ हजार ३५५ जनाको एन्टिजेन परीक्षण गर्दा ३६४ जनामा पनि संक्रमण पु ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत जुनियर रेजिडेन्टहरु आजदेखि नियमित काममा फर्किएका छन् ।हिजो बिहिबार बिहान ९ बजेदेखि राती ९ बजेसम्म पदाधिकारीहरुसँग जेआर, कर्मचारीहरुबीच भएको वार्तामा सहमति जुटेपछि जुनियर रेजिडेन्टहरु काममा फर्कने भएका हुन् । लेखा प्रमुख कमल रायमाझीले ड ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुखले एक डाक्टरलाई गालीगलौज तथा अभद्र व्यवहार गरेको घटनाबारे छानबिन समिति गठन भएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले एक विज्ञप्तीमार्फत आर्थिक प्रशासन महाशाखा प्रमुख कमल रायमाझीले डा.विप्लव कार्कीको आवासमा गएर अभद्र व्यवहार ...
धरान: धरानमा कोरोना संक्रमणको दरमा कमी नभएपछि रोकथाम तथा नियन्त्रण गर्न धरान उपमहानगरपालिकाले भिडभाड हुने स्थान र संक्रमणबाट बढी प्रभावित हुने क्षेत्रमा अनुगमन तथा कन्ट्रयाक्ट ट्रेसिङ गर्ने भएको छ । उपमहानगरपालिकामा बिहीबार मेयर तिलक राईको अध्यक्षतामा सरोकारवालाहरुसँग बसेको बैठकले यस्तो निर्णय ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५८ जना कोरोना संक्रमित थपिएका छ । पीसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । यस्तै, ३२० जनाको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २०७, मोरङमा १३२, सुनसरीमा ९ ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७३, मोरङमा १३५, सुनसरीमा १०६, धनकुटामा १८, इलाममा ८, भोजपुरमा ५, उदयपुरमा ४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै, १ हजार ४७९ जनाको एन्टि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्ने उद्देश्यले गठित उच्चस्तरीय अध्ययन कार्यदल काठमाण्डौं फर्किएको छ । दुई दिनसम्म धरानमा रहेर आवश्यक जानकारी एवं कागजात अध्ययन गरेर कार्यदल मंगलबार साँझ काठमाण्डौं फर्किएको हो । प्रधानमन्त्री एवं मन्त्रीपरिषद कार्यालयका सचिव डा.व ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पताल तोडफोड गर्नेहरु छुटेका छन् । जनप्रतिनिधिसहित ईलाका प्रहरी कार्यालय धरानमा भएको छलफलमा तोडफोडमा भएको भोतिक संरचनाहरु मर्मत गराइदिने सर्तमा पक्राउ परेकाहरु छुटेको डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनले भने,‘एक पटक गल्ती गयो, तोडफ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित