धरान: मितेरी बि क्याटोगरी फुटसल प्रतियोगितामा एथलेटिक्स धरानको टिम च्याम्पियन भएको छ । बिहिबार धरान ११ स्थित मितेरी स्पोर्टस् सेन्टरको फुटसल मैदानमा भएको फाइनलमा आयोजक मितेरी बि टिमलाई १ ० गोलअन्तरले पराजित गर्दै एथलेटिक्स धरान च्याम्पियन भएको हो । च्याम्पियन भएको एथलेटिक्सले नगद ५० हजार, ट्रफ ...
धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भुमाफियाको कब्जामा पुग्न नदिन मेयर हर्कराज राई (साम्पाङ)ले सरोकारवाला पक्षबीच मेलमिलाप गराउन पहल गरेका छन् । क्याम्पस जग्गा बचाउ समिति, क्याम्पस प्रशासन र मोही हक माग गर्दै मुद्दा दायर गर्ने वास्तविक मोहीका छोरा यज्ञ घिमिरेबीच मेयर साम्पाङले वार्ता गराएका ...
धरान: धरानको वडा नं ५ स्थित मसाने खोलामा आएको बाढी मानव बस्तीमा पसेर क्षति पुर्याउने खतरा बगेपछि स्थलगत निरीक्षणमा पुगेका छन् । निरीक्षण पश्चात जोखिम न्युनिकरण गर्न तत्काल जेसिबि लगाएर खोलालाई बीच भागमा च्यानलिङसमेत गरिएको छ । खोलामा मिक्सगिट्टी थुप्रिएर पानी पुल भेट्न लागेको र सतहमाथिबाट वस्तीतिर ख ...
धरान: मेयर हर्कराज राई (साम्पाङ)ले वीपी प्रतिष्ठानलाई स्वास्थ्य वीमा सेवा नरोक्न आग्रह गरेका छन् ।प्रतिष्ठानका अधिकारी तथा सम्बन्धित महाशाखाका कर्मचारीहरुलाई बुधबार छलफलमा बोलाएर मेयर साम्पाङले वीमा सेवा नरोक्न भनेका हुन् । मेयरले बोलाएपछि छलफल गर्न वीमा हेर्ने २ कर्मचारीसहित डेपुटी निर्देशक डा ...
धरान: मितेरी बि क्याटोगरी फुटसल प्रतियोगिता धरानमा शुरु भएको छ ।धरान ११ स्थित मितेरी स्पोर्टस् सेन्टरको आयोजनामा आज (मंगलबार) देखि प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन वडा नं ११ का वडाअध्यक्ष लोकेन्द्र फागोले रेफ्रीलाई वल दिएर गरेका थिए । प्रतियोगिताको पहिलो दिन विभिन्न ९ वटा खेलहरु आयोज ...
धरान: सप्तकोशी अत्यधिक बालुवा बगाएर ल्याउने नदीमा पर्छ । यही नदीबाट धरानका मेयर हर्कराज राई (साम्पाङ)ले पानी ल्याएर काकाकुल धरानबासीको तिर्खा मेट्न चाहन्छन् ।कोशीको पानी ल्याउने उनको चुनावी एजेण्डा नै थियो । अहिले संघीय सरकारको खानेपानी मन्त्रालयले कोशीबाट पानी धरान ल्याउने योजनाको लागि डिपिआर तयार ...
धरान: कोशीबाट पानी ल्याएर काकाकुल धराने जनताको तिर्खा मेट्ने एजेण्डा बोकेका मेयर हर्कराज राई (साम्पाङ) को सपना साकार हुने क्रममा छ । सप्तकोशीबाट पानी ल्याउने उनको प्रमुख चुनावी एजण्डा नै थियो । उक्त एजेण्डा कार्यान्वयन हुने गरि संघीय सरकारअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले अध्ययन थालेको छ ...
धरान : भुमि र बास अधिकारको लागी महिलाहरु पदयात्रामा निस्केका छन् । नेपाल महिला एकता समाजको आयोजनामा धनकुटादेखी पदयात्रा सुरु भएको हो । धनकुटाबाट सुरु भएको महिलाहरूको पदयात्रा सुनसरी हुँदै बिराटनगर भुमी मन्त्रालय पुगेर मागपत्र पेश गर्ने समाजकी सुनसरी जिल्ला सल्लाहकार सीता मगरले बताइन् । झापा र ...
सुनसरी उद्योग वाणिज्य संघ धरानको नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु भइसकेको छ । हिजो (आइतबार) अध्यक्ष पदमा ३ जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको छ । ती मध्ये एक उम्मेद्वार हुन् विजय श्रेष्ठ । श्रेष्ठ अघिल्लो निर्वाचनमा पनि अध्यक्षका प्रत्यासी थिए, तर वर्तमान अध्यक्ष गिरीधारी सापकोटासँग झिनो मतान्तरले ...
धरान: मेयर हर्कराज राई (साम्पाङ) ले धरान वडा नं २० स्थित पकुवा खोलाबाट पानी ल्याउने योजना अघि सारेपछि धरानका नागरिकहरुले श्रमदान गरिरहेका छन् । उक्त पकुवा खोलाको मुहान क्षेत्रमा पहिरो जाने गरेको पाइएपछि शनिबार बिहान सचेत धराने समुहको अगुवाईमा वृहत वृक्षारोपण कार्यक्रम भएको थियो । उक्त वृक्षारोपणमा ध ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित