धरान: मितेरी बि क्याटोगरी फुटसल प्रतियोगितामा एथलेटिक्स धरानको टिम च्याम्पियन भएको छ । 

बिहिबार धरान ११ स्थित मितेरी स्पोर्टस् सेन्टरको फुटसल मैदानमा भएको फाइनलमा आयोजक मितेरी बि टिमलाई १ ० गोलअन्तरले पराजित गर्दै एथलेटिक्स धरान च्याम्पियन भएको हो । च्याम्पियन भएको एथलेटिक्सले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । 

उपविजेता आयोजकले नगद २५ हजारमा चित्त बुझायो । विजेता टिमका खेलाडीहरुलाई आयोजक मितेरी स्पोर्टस् सेन्टरका अध्यक्ष लुकेन्द्र राई, प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १७ का वडाअध्यक्ष मनोज भट्टराईले पुरस्कार वितरण गरेका थिए ।

miteri-futsul1

प्रतियोगिताको उत्कृष्ट खेलाडी मितेरी बि टिमका मिलन लिम्बु घोषित भए । उनले नगद १ हजार र एक जोर फुटसल जुत्ता हात पारे । यस्तै, हाई स्कोर गर्ने खेलाडी एथलेटिक्सका विशाल श्रेष्ठले नगद १ हजार र एक जोर फुटसल जुत्ता पुरस्कार पाए । उनले प्रतियोगिता अवधिमा १४ गोल गरेका थिए । यस्तै, उदयीमान खेलाडीको पुरस्कार आयोजक मितेरी बि टिमका खेलाडी गोलकिपर मनोज बिकले पाए । उनले पनि नगद १ हजार र एक जोर फुटसल जुत्ता पनि पाए । 

फाइनल खेल अघि आयोजक र धरानका पत्रकारहरुको टिमबीच मैत्रीपुर्ण फुटसल खेल भएको थियो । उक्त प्रतियोगितामा आयोजकले १० ९ गोलअन्तरले जितेको थियो । विजयी टिमले नगद ५ हजार र ट्रफी हात पार्यो भने उपविजेता पत्रकारको टोलीले ट्रफी हात पार्यो । मंगलबारदेखि शुरु भएको प्रतियोगितामा कुल ३० वटा टिम सहभागी भएको थियो । 

भिडियो :

miteri-futsul

miteri-futsul8

miteri-futsul5

miteri-futsul7

miteri-futsul9

miteri-futsul3

miteri-futsul10

miteri-futsul11