धरान: अहिले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९) संक्रमण हुन नदिन नेपाल यातयात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगरपालिका कमिटिले शनिवार जनचेतना कार्यक्रमको आयोजना गरेको छ ।

कमिटिले धरान भानुचौकको बसपार्कमा रोकथामको उपायहरु माइकिङ्ग गरेर जानकारी गराएको थियो भने पानी र साबुन व्यवस्था गरेर हात धुने विधि पनि सिकाएको थियो । रोकथाम तथा हात धुने तरिका केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारका माइक्रोवायोलोजीका विद्यार्थीहरुले सहयोग गरेका थिए । आयोजक संगठनले टेम्पो चालक, बस चालक, रिक्सा चालक, बुकिङ्ग कर्मचारीहरुलाई उनीहरु भएकै ठाउँमा पुगेर मास्क पनि वितरण गरेको थियो । कार्यक्रममा कमिटिले करिव पाँच सय थान मास्क यातयात मजदुर तथा चालकहरुलाई वितरण गरिएको संगठनका अध्यक्ष कमल भट्टराईले जानकारी दिए ।

IMG_9523.psd

अहिले विश्वभर फैलिरहेको कोरोना भाइरसको रोकथामका लागि संगठनले देशभर जनचेतनामुलक कार्यक्रमको आयोजना गरिरहेको संगठनका केन्द्रिय सदस्य लक्ष्मी बाँनियाले बताए । यातयात मजदुरहरु एक स्थानबाट अर्को स्थानमा गइरहने पेशा भएको र कोरोना भाइरस संक्रमणको जोखिम बढी भएकोले देशभर यो अभियान सञ्चालनमा ल्याइएको बाँनियाले बताए । क्याम्पसका अनेरास्ववियुका अध्यक्ष आशिष प्रधानको नेतृत्वमा निशा शाक्य, स्मिता बस्नेत, पल्लवी सुवेदी, आदर्श पौडेल र विजय गुरागाई सहभागी भएका थिए ।

IMG_9527.psd