धरान: अहिले आममानिसहरुलाई कोरोना के हो ? यो कसरी सर्छ ? यसबाट कसरी बच्न सकिन्छ ? भन्ने अत्यधिक चासो र चिन्ता छ ।

आज शनिबार बिहान साप्ताहिकरुपमा निरन्तर हुदै आएको धरान रन कार्यक्रम पहिलो पटक ४६२ हप्तामा रोकियो । दौडिनको लागि युवा, वृद्धा, केटाकेटीहरु भेला भएका थिए, तर आयोजकले दौड नगराई कोरोनाबारे सचेतनामुलक कार्यक्रम गरेर आजको धरान रन सम्पन्न गर्यो । अब अझै केही हप्ता धरान रन आयोजना हुने छैन ।

कार्यक्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.प्रमोद वरालले नोबेल कोरोना भाइरस(कोडिभ १९ ) के हो ? भन्ने प्रष्ट पारेका थिए । यस्तै, डा.सपना कोइरालाले कोरोना भाइरस कसरी सर्छ ? भन्ने प्रष्ट पार्दै जोगिने उपाय पनि बताइन् भने डा.अमिनेष दाहालले कोरोनाको लक्षणहरु र ध्यान दिनुपर्ने कुराहरु प्रष्ट पारेका थिए ।डा. राधा चौधरीले बालबालिकाहरुलाई साबुन पानीले हात धुने तरिकाबारे व्यवहारिकरुपमा सिकाएकी थिइन् । अर्का डा.समिर चौधरीले पनि कोरोनाबारे जोगिने उपायबारे जानकारी गराएका थिए ।

dharan-run3 dharan-run-dr1 dhrn-run-dr dhrn-run-dr4 sameer