धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाको परीक्षण गर्न ल्याब स्थापना भएको छ ।

संघीय सरकार र प्रदेश सरकारको सहयोगमा आजदेखि कोरोना परीक्षणको ल्याब सञ्चालनमा आएको हो । ल्याब स्थापना भएपछि प्रदेश मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज ल्याबसहित प्रतिष्ठानको कोरोना उपचारस्थलहरुको पनि निरीक्षण गरेका छन् ।

मुख्यमन्त्री र मन्त्री दुवैले ल्याबसँगै हेल्प डेस्क र आइसोलेसनको पनि निरीक्षण गरे । साथै, वीपी प्रतिष्ठानमा कोरोनाका विरामीहरुलाई गरिने उपचार प्रक्रियाबारे दुवैलाई प्रतिष्ठानका कार्यवाहक उपकुलति प्रा.डा.गुरुप्रसाद खनालले जानकारी गराएका थिए ।साथै, ल्यावबारे प्रतिष्ठानको माइक्रोबायोलोजी विभागका एडिस्नल प्रोफेसर डा.नारायणराज भटराईले जानकारी गराएका थिए ।

अहिलेसम्म नेपालमा कोरोनाको स्वाब परीक्षण काठमाण्डौंमा मात्र हुदै आएको थियो । यसले गर्दा बाहिरबाट परीक्षणको लागि पठाएको स्वाबको रिपोर्ट आउन ढिलाई हुने गरेको थियो । काठमाण्डौं बाहिर प्रदेशस्तरमा पहिलो कोरोना परीक्षण ल्याब वीपीमा सञ्चालनमा आएको हो ।

 corona-lab1