नेपालगन्ज: भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ ।

बाँकेको नरैनापुर गाउँपालिका ५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा २५ वर्षीय युवाको आज बिहान करिब ४ बजे मृत्यु भएको हो । उनको स्वाब हिजो मात्र संकलन गरिएको थियो । पिसिआर परीक्षणको रिपोर्ट आउन बाँकी छ । त्यसैले उनको मृत्युको कारण कोरोना भाइरस संक्रमणबाट भए नभएको यकिन छैन ।

मृतकलाई राति अचानक बान्ता आएको क्वारेन्टाइनका इन्चार्ज प्रेम बुढाले जानकारी दिए । त्यसपछि उनलार्य जीवनजल खुवाइएको थियो । करिब दुई घन्टासम्म निरन्तर वान्ता गरेपछि उनको मृत्यु भएको बुढाको भनाई छ । मृतक भारतको महाराष्ट्रबाट हिडेरै आएको बताइएका छ । लकडाउनले सीमा बन्द गरिएको कारण उनी हप्तौं सीमामा बसेका थिए । नरैनापुरमा भारतदेखि फर्किएका ५ सय बढी क्वारेन्टाइनमा छन् । पिसिआर परीक्षण गर्दा ८ जनालाई संक्रमण भएको पुष्टि भइसकेको छ ।