अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टरले शनिबार “नेपाली साहित्यमा अफ्रिकाः अनुभव र सिर्जना” विषयक अनलाइन अन्तक्रिया कार्यक्रम सम्पन्न गर्यो।

कार्यक्रमको सभापति, च्याप्टरका अध्यक्ष गणेश खड्का रहेका थिए भने प्रमुख अतिथि इजिप्टका लागि नेपाली राजदुत झविन्द्र अर्याल रहेका थिए । यस्तै, कार्यक्रम च्याप्टरका महासचिव दुर्गा विनयले सञ्चालन गरेका थिए । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै च्याप्टरका सल्लाहकार हिक्मत थापाले स्वागत गर्दै च्याप्टरको गठनबारे प्रकाश पारेका थिए । उनले भविष्यमा पनि अन्तरक्रिया कार्यक्रम गर्दै जाने च्याप्टरको योजना रहेको जानकारी गराए । यस्तै, प्रमुख अतिथि एवं राजदुत झविन्द्र अर्यालले च्याप्टर गठनप्रति शुभकामना व्यक्त गरे ।

कार्यक्रममा अफ्रिकासम्बन्धी आख्यान, नियात्रा र गैरआख्यान लेख्ने श्रष्टात्रय महेशविक्रम शाह, जीवा लामिछाने र रश्मिशेखर सुवेदीलाई वक्ताको रूपमा आमन्त्रण गरिएको थियो । वक्ताकोरुपमा साहित्यकार शाहले २०५० मा संयुक्त राष्ट्रसंघको पर्यवेक्षकको रूपमा प्रथम पटक अफ्रिका महादेश भ्रमण गरेको स्मरण गरेका थिए । मोजाम्बिकबाट शुरू भएको अफ्रिका भ्रमणमा उनले विभिन्न देश भ्रमण गरेर त्यहाँ उपनिवेशीयताले छाडेका कुरीतिहरू, चरम गरिबीहरुलाई कथाको विषय बनाएर लेखिएको बताए । अफ्रिकाका दुःख, संघर्षले आपूmलाई अफ्रिका लेख्न प्रेरित गरेको र आप्mनो प्रकाशित ७ आख्यान पुस्तकमा अफ्रिकासम्बन्धी कथाहरू रहेको जानकारी दिए ।

केही संस्मरण लेख्ने क्रममा रहेको र भविष्यमा सुडान (डार्फर) सम्बन्धी उपन्यास पनि लेख्ने क्रममा रहेको पनि जानकारी दिए । स्कूलमा पढ्दा डार्क कन्टिनेन्ट भनेर पढेता पनि अहिले उज्यालोतिर उन्मुख महादेश भएको धारणा राख्दै शाहले यो अँध्यारोदेखि उज्यालोतिरको यात्रा पनि नेपाली साहित्यमा आउनुपर्ने पनि बताए । 'अफ्रिकामा सशस्त्र द्वन्द्व भएका छन्, राजनीति कारणले, जातिय कारणले त्यो अरु कुनै महादेशमा छैन । त्यो साहित्यमा लेखिनुपर्छ,' साहित्यकार शाहले भने,'सबै नेपाली अफ्रिका जान सक्दैनौं तर गएकाले अफ्रिकाको जनजीवन, संस्कृति, कला लेखिदियौं भने नेपाली पाठकले नेपालमै बसेर हामी अफ्रिका देख्न सक्छौं ।'

अर्का बक्ता जीवा लामिछानेले आपूmले सानोछँदा अफ्रिका सम्बन्धी सिमितमात्र अध्ययन गरेको बताउदै अफ्रिकासम्बन्धी सँधै नै जिज्ञासा रहेको बताए । सन् १९८६ मा अध्ययनको क्रममा रसिया पुगेपछि त्यहाँ अफ्रिकी नागरिकलाई हेर्ने दृष्टिकोण फरक रहेको पनि उनले स्मरण गरे । सन् २००४ को डिसेम्बर महिनामा पहिलो पटक इजिप्ट भ्रमण गरेको जानकारी दिदै त्यसपछि विभिन्न अफ्रिकी राष्ट्रहरू घुमेर नियात्रा प्रकाशित गरेको बताए । नेपाली साहित्यमा अफ्रिका सम्बन्धी कम लेखिएको जानकारी दिदै उनले घुम्दाखेरि आपूmले गरेको केही अनुभूतिहरु पनि नियात्रामा समेट्ने गरेको अनुभव सुनाए । उनले भने,'अफ्रिका अब अन्धकारको महादेशभन्दा पनि उज्यालोतर्फ उन्मुख महादेश बनेको छ ।'

त्यस्तै, अर्का वक्ता रश्मिशेखरले सन् १९९५ मा लेखिएको भएपनि २००५ मा मात्र प्रकाशित जोहिना यात्रा–उपन्यासको रचनागर्भबारे बोल्नुभयो । कार्यक्रममा नेपाली डायस्पोरा अध्येता रामजी तिमल्सिनाले अफ्रिकामा बस्ने लेखकहरु तथा डायस्पोरामा बसेर लेख्ने साहित्यकारहरूले आप्mनो भोगाई, अनुभव, आत्मवृत्तान्त लेखेमा त्यसले डायस्पोरा अध्ययन गर्ने अध्येताहरुलाई सहयोग हुने धारणा व्यक्त गरे ।

अग्रज साहित्यकार कृष्ण धराबासीले लेख्ने शैली/क्षमता भएकाले अबको अफ्रिका, वर्तमान अफ्रिका लेखिनुपर्ने बताए । यस्तै, अध्येता केशव सिग्देलले अफ्रिकन राइटर्स असोसिएनका अध्यक्ष बेन्जा अब्दुल्लाहसँग कुरा गरेर नाइजेरियाका केही छानिएका कविताहरुलाई नेपालीमा अनुवाद गरिएको जानकारी गराए । पछिल्लो समय चाइनिज राइटर्स असोसिएसनसँग मिलेर चाइनिज कविहरुको कविताको पनि नेपाली अनुवादको काम भइरहेको पनि जानकारी दिए ।

कार्यक्रमको समापन गर्दै अनेसास अफ्रिका च्याप्टरका अध्यक्ष खड्काले अब हामी नेपाली भाषा, सहित्यलाई अफ्रिकामा डुलाउने र अफ्रिकालाई नेपाली साहित्यमा घुमाउन चाहेको बताए । भविष्यमा अझै थुप्रै महत्वपूर्ण कार्यक्रमहरुलाई निरन्तरता दिने पनि उनले बताए । नेपाली समय बेलुकी ५ बजेदेखी शुरु भएको कार्यक्रम २ घन्टा लामो भएको थियो । कार्यक्रममा झण्डै ३० जनाको अनलाइन सहभागिता र विभिन्न माध्यममा विश्वभरिबाट प्रत्यक्ष(अप्रत्यक्ष अवलोकन भएको थियो ।