सुनसरीः शैक्षिक सत्रको ६ महिना बित्न लाग्दा समेत विद्यालय खुल्ने तयारी नहुँदा विद्यार्थी अन्यौलमा परेका थिए । सुनसरीमा विद्यालय खुल्ने भएपछि विद्यालय शिक्षाबाट वञ्चित रहेका विद्यार्थी हर्षित भएका छन् ।

सुनसरीको रामधुनी नगरपालिकास्थित चन्द्रकमल माविका विद्यार्थी सौगात भुुजेलले कोरोना नलागेका ठाउँमा यस अघि नै विद्यालय सँचालन भए पढ्न पाइए पनि सिडिओको आदेशले पढाइ बन्द हुँदा दुस्खि भएको प्रतिक्रिया दिए । ‘आइतवार देखि पढ्न आउनु भन्नु भएको छ । हामी त खुसी छौँ । अब फेरि बन्द नहोस्,’उनले भने ।

सुनसरीका कतिपय विद्यालयले कक्षा ९ र १० को पढाइ स्वास्थ्य सावधानी अपनाएर सुरु गरेपनि प्रमुख जिल्ला अधिकारीको आदेशका कारण पुनः बन्द गर्नुुपरेको थियो । कोभिड कम वा शुन्य भएका पालिकाको विद्यालयमा पढाइ सुचारु गर्न विभिन्न पालिकाले शिक्षा समिति मार्फत सुरक्षित विद्यालय सिकाइ अभ्यास शुरु गरेका थिए । उनीहरुले शिक्षक, अभिभावक, विद्यार्थी र व्यवस्थापन समितिसँग चरणबद्ध छलफल गरि पालिका तहको शिक्षा समितिलाई विद्यालय सँचालनको खाका समेत दिइसकेको छ । प्रति डेक्स एक विद्यार्थी बस्ने प्रबन्धसहित पढाइ सुरु गर्ने विद्यालयको तयारी रहे पनि प्रशासनले तत्काल विद्यालय नखुुलाउन निर्देशन गरेको थियो ।

कोरोना रोकथाम तथा व्यवस्थापन सम्बन्धि उच्चस्तरीय बैठकले कक्षा ८, ९ र १० मा हरेक कक्षामा १५ जना विद्यार्थी राखेर पढाउने अनुुमती दिएको छ।सिडिओले कक्षा सँचालन गर्ने अनुुमती दिएपछि चन्द्रकमल माविका प्रधानाध्यापक हरिनारायण चौधरीले उचित निर्णय भएको प्रतिक्रिया दिए । यसअघि सिडिओकै निर्देशनमा यो विद्यालय केहि दिन विद्यालय खुलेर बन्द भएको थियो । ‘हामीले सबै स्वास्थ्य सजकता अपनाएर ठुला कक्षाको पढाइ सुचारु गरिसेका थियौँ । एक्कासी सिडिओको आदेशले बन्द गर्नुु पर्दा विद्यार्थी अभिभावक निराश भएका थिए,’ चौधरीले भने ‘जिल्ला प्रशासनको पछिल्लो निर्णयले अब पढ्ने वातावरणको सृजना गरिदिएको छ । हामी अधिकतम सुरक्षाका उपाय अपनाएर विद्यार्थीलाई पढाउने छौँ ।’

कोभिड कहिलेसम्म रहने अन्यौल छ । त्यसैले कोभिडको जोखिम अनिश्चत रहेसँगै पढाइको समेत टुँगो नहुँदा विद्यार्थीमा मानसिक समस्या उत्पन्न हुने भन्दै उच्च स्वास्थ्य सतर्कतासहित वैकल्पिक सिकाइ माध्यम प्रभावकारी बनाउनुपर्ने अर्की विद्यार्थी मनिका चौधरीले बताएन् । कतिपय विद्यालयले भर्चुुअल पढाइ शुरु गरेपनि इन्टरनेटको सहज एक्सेस नहुने र विद्युत कटौतीको समस्याले पढाइ प्रभावकारी नभए अभिभावक घनश्याम चौधरी बताउँछन् । उनले विहान दिउँसो र साँझको समय छुुट्याएर कम भिड गरि कक्षा सँचालन गर्न अभिभावकको आग्रह बमोजिम जिल्ला प्रशासनले उचित निर्णय गरेको बताए । ‘कोभिड सँक्रमण कहिलेसम्म रहने हो टुँगो नभइरहेको बेला उच्च स्वास्थ्य सजकता अपनाइ विद्यालय सँचालन गर्नुको विकल्प नै छैन नि,’ उनले भने ।