धरान: ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजार आज बिहानदेखि आगलागी भइरहेको छ ।

आगो नियन्त्रण बाहिर गएर दोभान बजारको बस्तीभरि फैलिएको छ । स्थानीयका अनुसार बजारको आधा जति घर आगलागीले नष्ट भइसकेको छ । एक घरमा रहेको कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो बजार हो । बजारमा काठ र टिनले बनेको घर भएकोले आगो दन्किएको स्थानीयको भनाई छ । 

dovan-agolagi

तस्बिर स्रोत: रेडियो ताप्लेजुङ

गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूका अनुसार बजारको मुख्य क्षेत्र जलेर नष्ट भइसकेको छ । फुङलिङबाट आएको दमकलले आगो नियन्त्रणको प्रयास भइरहेको तर कठिन रहेको उनले जानकारी दिए । उज्यालोमा नै आगलागी भएको कारण मानवीय क्षति हुन नपाएको अध्यक्ष लिम्बूले बताए ।