धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना वृद्धको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धरान र रामधुनीका वृद्ध छन् । प्रतिष्ठानका अनुसार धरान ८ का ६० बर्षीय वृद्धको मृत्यु भएको हो । उनको हिजो राती १० बजेर ५० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । जेठ २४ गते संक्रमण पुष्टि भएका वृद्धलाई उपचारको लागि विजयपुर हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँबाट जेठ २५ गते रिफर भएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएर उपचार भइरहेको थियो ।

यसैगरि, रामधुनी ९ सुनसरीका पनि ७० बर्षीय एक वृद्धको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । दीर्घ रोगी रहेका उनलाई जेठ २० गते संक्रमण पुष्टि भएको थियो भने २१ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । ती वृद्धको उपचारको क्रममा आज बिहान ४ बजेर २५ मिनेटमा मृत्यु भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । मृतक दुवैको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।