धरान: गएको असार १५ गते दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारी पक्षलाई वार्तामा बोलाएर उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरी मदिरा सेवा गरेर आएको घटनाले प्रतिष्ठान तनावग्रस्त भएको थियो ।

आन्दोलनकारीले राती करिब ९ बजेसम्म उपकुलपति कार्यालय घेराउ गर्दै चारै जना पदाधिकारीलाई बाहिर निस्कनै दिएका थिएनन् । उनीहरुले मापसे जाँच गर्नुपर्ने माग गरेपनि प्रशासनले प्रहरी परिचालन गरेर जाँच गर्न दिएनन् । संयुक्त संघर्ष समितिले उक्त घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने भन्दै चारै जना पदाधिकारीको कार्यकक्षमा भोलीपल्ट तालाबन्दी गरेको थियो । उनीहरुले सोही घटना पछि चारै जना पदाधिकारीको राजिनामा वा बर्हिगमनलाई मागकोरुपमा अघि सारेका थिए ।

cctv footage2

सरकारले प्रतिष्ठानको समग्र समस्या तथा बेथितीबारे अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय कार्यदल गठन गरिसकेको छ । धरान आएर २ दिन आवश्यक अध्ययन गरेको कार्यदल अहिले काठमाण्डौंमा छ । सोही कार्यदलले असार १५ गतेको उक्त मदिरा काण्डबारे पनि छानबिन गरिरहेकोले सिसिटिभी फुटेज आवश्यक ठानेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रतिष्ठानलाई पत्राचार गर्दै उक्त दिनको फुटेज उपलब्ध गराउन आदेश दियो । सोही आदेश अनुसार आइतबार आन्दोलनरत पक्ष, प्रहरी र अस्पताल प्रशासनले मिलेर असार १५ अर्थात जुन २९ तारिखको फुटेज उपकुलपति कार्यायल र रेक्टर कार्यालयमा खोजी गरेको थियो ।

cctv footage3

दुवै कार्यालयमा असार १५ गतेको सिसिटिभी फुटेज हेरिए पनि मेटिइसकेको पाइएको थियो । दुवै कार्यालयको सिसिटिभी फुटेज २१ दिनसम्म मात्र स्टोर भएर रहने र त्यसपछि आफै मेटिने भएकोले उक्त दिनको फुटेज नभेटिएको हो । फुटेज नभेटिएपछि सोही अनुसार मचुल्का उठाइएको छ । संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले आफुहरुले माग गरे अनुसार नै कार्यदलले असार १५ गतेको घटनाबारे छानबिन गरिरहेको भएपनि महत्वपुर्ण प्रमाणकोरुपमा रहेको सिसिटिभी फुटेज माग गर्न ढिलाई गर्दा उपलब्ध हुन नसकेको बताए । उनले तीन साताको फुटेज रेकर्ड रहने खुलाउदै एक साता ढिला भएको बताए । साथै, राज्य उदासिन हुँदा महत्वपुर्ण तथ्यहरु कसरी मेटिन्छ भन्ने यो घटनाले प्रमाणित भएको प्रतिक्रिया दिए ।

 

cctv footage4

cctv footage1

cctv footage5

cctv footage6

cctv footage7

cctv footage8