धरान: तीन दिनको अवधिमा धरानमा ११ हजार जनाले कोरोना विरुद्धको भेरो सेल खोप लगाएका छन् ।

धरानको विभिन्न ७ वटा खोप केन्द्रबाट सोमबार, मंगलबार र बुधबार गरि ३ दिनमा कुल ११ हजार ७७ जनाले खोप लगाएका हुन् । यो संख्या भेरो सेल खोप लक्ष्य भन्दा भन्दा दोब्बर हो । यसअघि धरानमा ५ हजार जनालाई भेरो सेल खोप लगाउने उपमहानगरले जानकारी दिएको थियो ।

उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार पहिलो दिन २ हजार ९०५ जनाले खोप लगाएका थिए भने दोस्रो दिन ५ हजार २९२ जनाले खोप लगाएका थिए । तेस्रो दिन बुधबार २ हजार ८७४ जनाले खोप लगाएको कविराज रामबाबु यादवले जानकारी दिएका छन् ।

भेरो सेल लक्ष्य भन्दा दोब्बर संख्याले लगाए पनि जोन्सन खोपको भने टुंगो नलागेपछि बिहिबारदेखि लगाउने भनिएको खोप कार्यक्रम स्थगित गरिएको छ । धरानमा ७ वटै केन्द्रमा ५ हजार जनालाई जोन्सन खोप लगाउने बताइएको थियो । तर, जोन्सन खोप प्राप्त नभएपछि खोप कार्यक्रम स्थगित गरिएको उपमहानगरले जनाएको छ ।