धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १०४ जनामा कोरोना संक्रमित थपिएका छन् । 

कुल १ हजार ७५३ जनाको पीसीआर परीक्षण गर्दा ६५२ जनामा संक्रमण देखिएको छ भने १ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा ४५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३०७, सुनसरीमा १७७, मोरङमा १२३, धनकुटामा १४, इलाममा ९, संखुवासभा, तेह्रथुम, भोजपुर र उदयपुरमा २–२, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा १११, विर्तामोडमा ७३, अर्जुनधारा र कन्काईमा २३–२३, मेचीनगरमा २०, भद्रपुरमा १७, बुद्धशान्तिमा १४, शिवसताक्षीमा १२, कमल गाउँपालिकामा ४, बाह्रदशीमा ३, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, कचनकवल, हल्दिबारी र गौरादहमा १–१ जना छन् । यता, सुनसरीको धरानमा ११८, इटहरीमा ४०, बराहक्षेत्र र इनरुवामा ५–५, रामधुनी र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ७ जनामा संक्रमण पुष्टि भएको छ । 

मोरङको विराटनगरमा ५५, केराबारीमा १८, उर्लाबारी र सुन्दरहरैचामा १३–१३, बेलबारीमा ८, पथरीशनिश्चरेमा ५, मिक्लाजुङ र ग्रामथानमा ३–३, रंगेली, लेटाङ, सुनबर्षी, रतुवामाई र कटहरीमा १–१ जना छन् । यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाख्रिवासमा २, महालक्ष्मी, छथर, साँगुरीगढी र स्थानीय तह नखुलेका १–१ जना छन् भने इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा २ र देउमाईमा १, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१, तेह्रथुम, भोजपुर र उदयपुरमा २–२, पाँचथरको फालेलुङ र ताप्लेजुङको मैवाखोलामा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ३८२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७६ महिला र २०६ पुरुष संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।