धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भुमाफियाको कब्जामा पर्न नदिन धरानमा बुधबार मौन जुलुस भएको छ भने उपमहानगरपालिकामा ज्ञापन पत्र पनि बुझाइएको छ । 

क्याम्पसको जग्गा बचाउ समितिले मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाएको हो । समितिकै अगुवाईमा दिउँसो ४ बजे मौन जुलुस पनि निकालिएको हो । जग्गा खरीद गर्दा नै मोहीलाई चित्त बुझाएको भएपनि अहिले नक्कली मोही खडा गरेर माफियाहरुले जग्गा हडप्न लागेको र उपमहानगरपालिकाले संरक्षण गर्न सहयोग माग गर्दै बचाउ समितिले ज्ञापन पत्र बुझाएको हो । बचाउ समितिका संयोजक एवं पुर्वक्याम्पस प्रमुख कुमारबहादुर कार्कीले मेयर राईलाई ज्ञापन पत्र बुझाएका थिए । मेयर राईले क्याम्पसको जग्गा जोगाउन सबै प्रकारको सहयोग गर्ने बताए ।

भिडियो:

यस्तै, दिउँसो बचाउ समितिकै अगुवाईमा छाताचोकदेखि भानुचोकसम्म मौन जुलुस निकालिएको थियो । जुलुसमा मेयर राईसहित धरानका राजनीतिक दलका नेताहरु, क्याम्पसका शिक्षक, कर्मचारी र विद्यार्थीहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । क्याम्पसका पुर्वप्राध्यापक हरिप्रसाद दाहालले क्याम्पसको जग्गा ४४ बर्षपछि नक्कली मोही खडा गरेर हडप्ने प्रयत्न भइरहेकोले त्यसलाई असफल बनाउन दबाब दिने उद्देश्यले मौन जुलुस निकालिएको बताए ।

बचाउ समितिले विभिन्न सडक संघर्ष गर्ने तयारी गरेपनि कोरोना संक्रमण बढेसँगै अन्य कार्यक्रमहरुलाई थाती राखेर बुधबार सांकेतिकरुपमा मौन जुलुस निकालेको बताए । 

भिडियो:

mmc5

mmc3

mmc6

mmc1

mmc2

mmc4