धरान: शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सुनसरीमा ७१ प्रतिशत मत खसेको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले उपलब्ध गराएको विवरण अनुसार १२ स्थानीय तहमा कुल ७१ प्रतिशत मत खसेको हो । प्रशासनका अुनसार सुनसरीमा कुल मतदाता ५ लाख ३४ हजार ७६५ रहेका छन् । शुक्रबार भएको निर्वाचनमा ३ लाख ७९ हजार ६६६ मत खसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । यो खसेको मत ७१ प्रतिशत हो ।

सुनसरीको १२ स्थानीय तहमध्ये सबैभन्दा बढी मत बर्जु गाउँपालिकामा खसेको छ । त्यहाँ कुल २२ हजार ४६७ मतदाता रहेकोमा १८ हजार ४३८ मत खसेको छ । यो ८२.१ प्रतिशत हो । सबैभन्दा कम धरान उपमहानगरपालिकामा मत खसेको पनि प्रजिअ यादवले जानकारी दिएका छन् । धरानमा कुल मतदाता १ लाख ३२४ रहेकोमा शुक्रबार कुल ६३ हजार ९८ मत मात्र खसेको छ । यो ६३ प्रतिशत हो ।

votin