धरान: धरानमा जारी मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा मेयर र उपमेयरमा लोकतान्त्रिक बाम गठबन्धन अगाडि रहेको छ । 

वडा नं १, २ र ३ को प्रारम्भिक सय सय मतको नतिजा सार्वजनिक भएको हो । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार कुल ३ सय मतको नतिजा सार्वजनिक हुँदा गठबन्धनबाट मेयरका उम्मेद्वार किसोर राईले ११६ मत पाएका अग्रता लिएका छन् । उनलाई स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ७९ मत ल्याएर पछ्याइरहेका छन् । नेकपा एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्डारीले ५३ मत पाएकी छिन् ।

यसैगरि, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले १२५ मत ल्याएर अग्रता लिएका छन् भने एमालेका उम्मेदवार पदम इस्वो लिम्बुले ६७ मत ल्याएका छन् । उपमेयरमा स्वतन्त्र उम्मेद्वार दत्तकुमार लिम्बुले १८ मत पाएका छन् । 

धरानको २० वटा वडामध्ये अहिले वडा नं १, २ र ३ को मात्र मतगणना भइरहेको छ । धरानको कुल मतदाता १ लाख ३२४ मध्ये शुक्रबार भएको मतदानमा ६२ हजार ८९७ मत खसेको थियो । 

वडा नं १ को सय मतको नतिजा :


वडा नं २ को सय मतको नतिजा :

वडा नं  ३ को सय मतको नतिजा :