धरान: धरान उपमहानगरपालिका वडा नं ३ मा गठबन्धनको प्यानल विजयी भएको छ ।

मतगणना सम्पन्न भएपछि निर्वाचन कार्यालयले वडा ३ को अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । वडा ३ मा कुल १९८७ मत खसेको थियो । खसेको मतमध्ये वडाअध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्ष विद्या शाक्यले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सुयोग पाख्रिनलाई ४१७ मतान्तरले पराजित गरे । विजयी शाक्यले १०४२ मत पाए भने पराजित पाख्रिनले ६२५ मत पाए ।

bidha-shakya

यस्तै, महिला सदस्यमा गठबन्धनका उषा सुब्बाले १०४२ मत पाएर विजयी भइन् भने दलित महिला सदस्यमा शोभा विश्वकर्माले १०८३ मत पाइन् । खुला सदस्य मनिष खड्गीले ११०६ मतले जिते भने मिङ्मा भोटेले ९९९ मत ल्याएर विजयी भए । 

यस्तै, वडा ३ बाट गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले ७२० मत पाए भने एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ४०७, स्वतन्त्र हर्क साम्पाङले ५१४ मत प्राप्त गरेका छन् । यसैगरि, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले ८२३ र एमालेका उम्मेद्वार पदम इस्वोले ४९७ मत पाए ।