धरान: धरान उपमहानगरपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।
वडा नं १ को वडाअध्यक्षमा कांग्रेसका यज्ञमणी आचार्य विजयी भएका छन् । उनले ७५७ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्दी राप्रपाका रोशन अधिकारीले ७०३ मत पाएका छन् भने एमालेका उम्मेद्वार सुमन श्रेष्ठल १७७ मत पाएका छन् ।
यस्तै, कांग्रेसबाट महिला सदस्यमा ८८९ मत ल्याएर रहिसा कसजु विययी भइन् भने दलित महिला सदस्यमा रिता सुन्दास ८६० मत ल्याएर विजयी भइन् । यस्तै, खुला सदस्यमा विनोद मानन्धर ७८१ र उज्वल बास्तोला ६९६ विजयी भएका छन् । वडा १ मा कुल मतसंख्या खसेको १९३२ खसेको थियो ।