धरान: धरानको वडा नं ४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
एमालेबाट वडाअध्यक्षमा धनबहादुर राईले ८२६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी चन्द्र कुलुङले ६१२ मत प्राप्त गरे । यसैगरि, दलित महिलामा लिलामाया गहतेले ८१३, खुला महिला सदस्य मिना तामाङले ८२९, खुला सदस्यमा राजेन्द्र राईले ८०३ र गोरसमान आलेले ७४७ मत ल्याएर विजयी भएका छन् ।
वडा ४ मा मेयरमा एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ६२५, गठबन्धनका किशोर राईले ५९६ र स्वतन्त्र हर्क साम्पाङले २३५ मत पाएका थिए । यस्तै, उपमेयरमा एमालेका पदम इस्वोले ७६१ र गठबन्धनका अइन्द्रबिक्रम बेघाले ६८० मत पाएका छन् । वडा नं ४ मा कुल २३९० मतदातामध्ये १७४२ मत खसेको थियो ।