धरान: धरानमा आइतबार राती ८ बजेसम्म कुल ७ हजार ६ मतको गणनामात्र सकिएको छ । 

उक्त मतगणना हुँदा मेयर र उपमेयरमा गठबन्धनका उम्मेद्वारले अग्रता कायमै राखेका छन् । मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले २४५३ मत प्राप्त गरेका छन् । मेयरमा दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ १६९४ मत प्राप्त गरेका छन् । 

वडा नं ४, ५ र ६ को मतगणना जारी रहदा एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्डारीले स्वतन्त्र उम्मेद्वार साम्पाङसँगको मतान्तर घटाउदै लगेकी छिन् । भण्डारीले १५३८ मत प्राप्त गरेकी छिन् । साम्पाङ र भण्डारीबीच १५६ मतको अन्तर छ ।

उपमेयरमा पनि गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघा २६०२ मतसहित अगाडि छन् । एमालेका उम्मेद्वार पदम इस्वो १८९३ मत प्राप्त गरेका छन् ।