धरान: धरानको वडा नं ५ र वडा नं ६ को पछिल्लो मतगणनाको नतिजा सार्वजनिक गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले वडा नं ५ को ८ सय र वडा नं ६ को ४ सय मतगणनाको नतिजा सार्वजनिक गरेको हो । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार वडा ५ को ८ सय मतगणना हुँदा वडाअध्यक्षमा नेकपा एमालेका मनप्रसाद लिम्बुले २९१ मत प्राप्त गरेर अग्रता लिएका छन् भने कांग्रेसका उम्मेद्वार सन्तोष लिम्बुले २६३ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेद्वार धनकुमार राईले १८६ मत पाएका छन् ।
वडा नं ५ को ८ सय मतगणना हुँदा मेयरमा गठबन्धनका किशोर राईले २८१ मत पाएका छन् भने एमालेकी मञ्जु भण्डारीले २०१ र स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले १४६ मत पाएका छन् । उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले २७९ मत पाउदा एमाले उम्मेद्वार पदम इस्वोले २६० मत पाएका छन् ।
यसैगरि, वडा नं ६ को ४ सय मतगणना हुँदा वडाअध्यक्षमा कांग्रेसका बागी उम्मेद्वार (स्वतन्त्र) भुपेन्द्र भटट्राई १९४ मत पाएर अगाडि छन् । उनलाई एमालेका उम्मेद्वार हरि राईले १२९ मत ल्याएर पछ्याइरहेका छन् भने कांग्रेसका उम्मेद्वार भुपाल राईले ३४ मत मात्र पाएका छन् ।
यसैगरि, वडा ६ मा ४ सय मत गणना हुदा मेयरमा एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले १२४ मत पाएकी छिन् भने स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ९२ र गठबन्धनका उम्मेद्वार किशोर राईले ५३ मत प्राप्त गरेका छन् । उपमेयरमा एमाले उम्मेद्वार पदम इस्वोले १३९ मत पाउदा गठबन्धनका उम्मेद्वार अइन्द्र बेघाले ५८ मत पाएका छन् ।