धरान: धरानको वडा नं ५ को मतगणना सोमबार मध्यराती १ बजेसम्म २८ सय मतगणना सकिएको छ । 

उक्त मतगणनाको नतिजा सार्वजनिक हुँदा वडाअध्यक्षमा एमालेका उम्मेद्वार मनप्रसाद लिम्बु १०१५ मतले अगाडि छन् । उनलाई कांग्रेसका उम्मेद्वार सन्तोष लिम्बुले ९३२ मतका साथ पछ्याइरहेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेद्वार धनकुमार राईले ६४९ मत प्राप्त गरेका छन् ।

यसैगरि, २८ सय मत गणना सकिदा मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले ९५० मत प्राप्त गरेका छन् भने एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ६८६ मत प्राप्त गरेकी छिन् । स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ६४८ मत प्राप्त गरेका छन् । 

यस्तै, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले १०३९ मत प्राप्त गरेका छन् भने एमाले उम्मेद्वार पदम इस्वाले ८८४ मत प्राप्त गरेका छन् ।