धरान: बिहिबार बिहानै धरान वडा नं ५ तल्लो देउरालीस्थित सेउती खोलाको बगरमा भेटिएको लाशको पहिचान खुलेको छ ।

हत्या गरिएको अवस्थामा भेटिएको युवा धरान ११ विष्णुचोक ठाडो सोलिङका ३१ बर्षीय सन्दिप रम्जेल भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । डिएसपी बुद्ध श्रेष्ठका अनुसार लाशको सनाखत भएसँगै अनुसन्धान कार्यले पनि थप तिब्रता पाएको छ । सबै पक्षबाट अनुसन्धान शुरु भइसकेको र चाडै हत्यारा पत्ता लाग्ने उनले बताए । 

बिहान करिब साढे ५ बजे सेउती खोलाको बगरमा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । शवको गर्धनमा धारिलो हतियारले काटिएको छ भने टाउको, शरीरको ढाँडमा समेत धारिलो हतियारले काटेको र घोचेर चोट बनाएको अवस्थामा भेटिएको थियो । शव पोष्टमार्टमको लागि वीपी प्रतिष्ठानमा लगिएको छ ।

परिवारको एक्लो छोरा थिए

dharan-murder2

मृतक सन्दिप मिठे सार्की र विष्णुमायाको एक मात्र छोरा भएको खुलेको छ । दुवैको ५ जना छोरीहरु छन् । छोरा भने सन्दिप मात्र हुन् । एक मात्र छोरा गुमेपछि परिवार गहिरो शोकमा छ भने आमा विक्षिप्त अवस्थामा छिन् । टोल पनि स्तब्ध छ । 

बुबा मिठेका बुधबार बेलुका करिब सवा ७ बजेतिर फोन आएपछि सन्दिर मोटरसाइलमा निस्केका थिए । सन्दिपले को २२ प २५६८ नम्बरको डुक मोटरसाइकल चलाउथे । हत्या गरिएको स्थानमा उनको यो मोटरसाइकल र मोवाइल पनि भेटिएको छैन । 

मृतकका बुबा निर्माण व्यवसायी हुन् । बुबाको काममा सघाउन उनी ट्याक्टर चलाउथे । बुबाको निर्माण कार्यमा काम नपर्दा अरुको लागि पनि ट्याक्टर चलाएर कमाइ गर्ने गरेका थिए । आफ्नो छोराको हत्या जो बाट भएपनि हत्यारा पत्ता लगाएर चाडो कारबाही हुनुपर्ने मिठेले माग गरेका छन् ।

भिडियो:

dharan-murder4

dharan-murder3