धरान: मेयर हर्क साम्पाङले धरानलाई सफा र स्वच्छ बनाउने अभियान थालेका छन् । उनको यो अभियानलाई सामाजिक संघसंस्थाले मात्र होइन, बैंकले पनि साथ दिन थालेको छ । 

मंगलबार मेगा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत धरानको भानुचोक क्षेत्रमा फोहोर राख्न १० वटा डस्वीन हस्तान्तरण गरेको छ । मेघा बैंकका प्रदेश प्रमुख विवेक बन्धु न्यौपानले मेयर साम्पाङलाई डस्वीन हस्तान्तरण गरेका थिए । मेयर राईले जथाभावी फोहोर फालेर हिड्ने नराम्रो सँस्कृतिलाई परिवर्तन गर्न आग्रह गरेका छन् । धरानलाई स्वच्छ र सफा बनाउने कार्यक्रम गर्दै गर्दा डस्वीन आवश्यक देखेपछि केही डस्वीन यसअघि नै भानुचोक क्षेत्रमा राखेको पनि मेयर राईले बताए । 

dustbin

‘सफाई अभियान गर्दै गर्दा डस्वीन आवश्यक छ भन्ने लागेपछि केही डस्वीन राख्यौ, तर मानिसले त्यसमा पनि फोहोर राख्दैनन् । हामीले बानीमा सुधार गर्नुपर्छ,’मेयर राईले भने,‘यी डस्वीनहरुलाई ठाउँ ठाउँमा राख्छौ । म अनुरोध गर्छु, धरानबासी, यातायात मजदुर, व्यापारी र धरानको भानुचोक भएर यात्रा गर्ने सबैलाई आफुमार्फत हुने फोहोर जथाभावी नफालौं, यी डस्वीनहरुमा व्यवस्थितरुपमा फालौं ।’

मेयर राईले होटलबाट कुहिने फोहोर पनि व्यवस्थितरुपमा राखेर सरसफाईको गाडी आउदा मात्र निकालिदिन पनि आग्रह गरेका छन् । सबैको प्रयास भयो भने मात्र सहरलाई स्वच्छ बनाउन सकिने र सहर स्वच्छ भयो भने मात्र स्वस्थ्य रहन सकिने मेयर राईले बताए । उनले सफा धरानको अभियानलाई मुर्तरुप दिन मेगा बैंकले डस्वीन उपलब्ध गराएकोमा पनि आभार व्यक्त गरे ।

dustbin4

मेयर राईलाई भानुचोक क्षेत्रका व्यवसायी र यातायात मजदुरहरुले सडक बालबालिकाहरुले धेरै फोहोर गर्ने गरेको गुनासो गरेका थिए । त्यसबारेमा मेयर राईले चाडै व्यवस्थापनको काम अघि बढाउने बताए । उनले भने, ‘सडक बालबालिकाबारे पनि आवश्यक एक्सन लिन्छौ । उनीहरुको आमाबुबा कहाँको हो, त्यो पत्ता लगाएर बुझाउन पनि पर्छ होला । सडकमा बस्नेहरुलाई व्यवस्थित गर्ने पनि हाम्रो नीति हो ।’ 

मेगा बैंकका प्रदेश १ प्रमुख न्यौपानेले भानुचोकमा सरसफाई कार्यक्रम हुँदा मेघा बैंकले पनि सहभागिता जनाएको र त्यसबेला नै डस्वीनको आवश्यकता देखेको बताए । उनले नगरपालिकाले अनुरोध नगरिकन बैंक आफैले पहल लिएर मेयरको स्वच्छ धरान, स्वास्थ्य धरान बनाउने उद्देश्यलाई सहयोग पुर्याउन डस्वीन उपलब्ध गराएको बताए । ‘हामीले १० वटा डस्वीन भानुचोक वरीपरी राख्न हस्तान्तरण गरेका छौं । एक एक पाइला अघि बढ्दै जादा आ आफ्नो ठाउँबाट योगदान गर्दा स्वच्छ धरान स्वस्थ्य धरान बनाउने सपना साकार हुन्छ,’ उनले भने ।

वडा नं २ का अध्यक्ष रमेश राईले बैंकले दिएको डस्वीनहरुलाई धरान भानुचोक क्षेत्रको विभिन्न स्थानमा राखिने र त्यसको रेखदेख वडाले गर्ने बताए । भानुचोक क्षेत्रलाई धुँवा, धुलोरहित बनाउन वडा कार्यालय तत्परता लिइरहेको भन्दै अध्यक्ष राईले बजार क्षेत्रलाई सुन्दर बनाउन उपमहानगरपालिकाबाट पनि सहयोगको अपेक्षा व्यक्त गरे ।


भिडियो:

dustbin3

dustbin2

dustbin1