धरान: सोमबार धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र बिक्रम बेघा बाढीको कारण क्षति पुगेको धरान ११ स्थित सर्दु खोलाको तटबन्ध स्थलगत अनुगमन गर्न पुगेका थिए ।

अघिल्लो दिन कार्यपालिका बैठकमा वडाअध्यक्ष लोकन्द्र फागोले कुरा उठाएपछि मेयर र उपमेयर सोमबार अनुगमनको लागि गएका हुन् । खोलाको तटबन्धमा भएको क्षति र थप जोखिम एवं कटान हुन नदिन ईञ्जिनियर सुरज श्रेष्ठसहित पुगेका मेयर, उपमेयरलाई स्वागत गर्न वडाका जनप्रतिनिधि र स्थानीय वृद्धा महिला पनि खोलामा नै पुगे । त्यसक्रममा एक वृद्धाले आर्शिवाद दिदै मेयर साम्पाङ र उपमेयर बेघालाई मिलेर काम गर्न आग्रह गरिन् । मेयर साम्पाङ र उपमेयर बेघाले पनि आफुहरु मिलेर काम गरिरहेको भन्दै भविष्यमा पनि मिलेरै काम गर्ने बताए । 

sardu-ma

वडाअध्यक्ष फागोले सर्दुमा बर्षामा आउने बाढीले रिटेनिंग वाल र तारजालीसमेत पल्टाएर बस्ती, स्वास्थ्य चौकीको भवनसमेत जोखिममा परेकोले तत्काल नियन्त्रणको लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका थिए । मेयर र उपमेयरले तत्काल क्षति हुन नदिन काम गर्नुपर्ने र दीर्घकालिन समाधानको लागि खोलाको शिरदेखि नै वलियो तटबन्ध बनाउनुपर्ने धारणा राखेका थिए । ईञ्जिनियर श्रेष्ठले पनि चेक ड्याम निर्माण गर्न अध्ययन गरेर नै काम गर्नुपर्ने सुझाए ।

sardu-ma5

स्थानीय महिलाले अन्यत्रको फोहोर गाडीमा हालेर सर्दु खोलाको बीचैमा फाल्ने गरेको भन्दै रोक लगाउन पनि माग गरे । साथै, सिनोहरु पनि ल्याएर फाल्ने गरेकोले दुर्गन्ध पनि फैलिएको उनले बताइन् । मेयर र उपमेयरले पनि घर निर्माणको क्रममा निस्केको फोहोरमैला खोलामा ल्याएर फाल्न नदिन सबैले पहल गर्नुपर्ने र रोक लगाउने बताए । 

भिडियो:

sardu-ma7

sardu-ma8

sardu-ma2