धरान: प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्नको लागि आज देशभर मतदान शुरु भएको छ ।
निर्वाचन आयोगले तोकेको समय बिहान ७ बजेदेखि नै मतदान शुरु भएको हो । कतिपय मतदान केन्द्रहरुमा केही ढिला गरि मतदाान शुरु भएको थियो । मतदानको लागि मतदाताहरु उत्साहपुर्वक बिहानैदेखि मतदान केन्द्रहरुमा पुगेका थिए । पाँच बर्षको लागि आफ्नो प्रतिनिधि केन्द्र र प्रदेशसभामा छान्नको लागि उत्साहपुर्वक मतदाताहरु मतदान केन्द्रमा पुगेका छन् ।
सुनसरी क्षेत्र नं १ को पनि सबै केन्द्रहरुमा मतदान शुरु भइसकेको निर्वाचन अधिकृत रुद्र अर्यालले जानकारी दिएका छन् । ज्येष्ठ नागरिक, अशक्त, अपांग, विरामी तथा सुत्केरी महिलाहरुलाई लाममा उभिनु नपर्ने गरि मतदानको छुट्टै व्यवस्था गरिएको छ । मतदान केन्द्रमा प्रवेश गर्दा मोवाइल फोन लैजान दिइएको छैन ।
भिडियो :