धरान: मेयर हर्क साम्पाङले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको लागि आज मतदान गरेका छन् ।

धरान १८ स्थित कार्मेल स्कुलको मतदान केन्द्रमा पुगेर मेयर साम्पाङले मतदान गरेका हुन् । मतदानको क्रममा उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै उज्वल भविष्यको आशा गरेर मतदान गरेको बताए । साथै निर्वाचनबाट धरानले असल अभिभावक प्राप्त होस् भन्ने उनले कामना पनि गरेका छन् भने पार्टीगत स्वार्थभन्दा माथि रहेर भुमिका खोलिदिउन् भन्ने चाहना पनि व्यक्त गरे ।

click-harka1

‘म त धरानमा केन्द्रीत हुनुपर्ने हुन्छ । धरानको सुशासन र विकासको लागि असल अभिभावक प्राप्त होस्,’उनले भने,‘त्यो अभिभावकले धरानको आधारभुत आवश्यकता र खानेपानी, बाटोघाटो, विद्यालय, अस्पताल बग्रेल्ती समस्या छन्, ती समस्या समाधान गर्न हामीले कोसिस गरिरहेका छौं, साथै जो माननीय प्रदेश र संघमा जानुहुन्छ, उहाँहरुले पुलको भुमिकामा रहेर पार्टीगत स्वार्थभन्दा माथि रहेर सर्वाग्रिण विकासको लागि भुमिका खेलिदिउन् भन्ने चाहना राख्छुँ ।’ 

भिडियो: