धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (क) मा एमालेका रमेश बस्नेतको अग्रता कायमै छ । 

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार साँझ ७ बजेसम्म २९ हजार ९२७ मत गणनाको नतिजा सार्वजिक हुँदा १०१४ मतको अन्तरले बस्नेत कांग्रेस उम्मेद्वार उमेश थापाभन्दा अगाडि छन् । बस्नेतले ८ हजार ५१८ मत पाएका छन् भने थापाले ७ हजार ५०४ मत पाएका छन् । यस्तै, राप्रपाका उम्मेद्वार उद्धव श्रेष्ठ (मकै) को मत ७ हजार ८३ रहेको छ ।

यसैगरि, स्वतन्त्र उम्मेद्वार समिर तामाङले २ हजार ६७१ मत पाएका छन् भने लौरोको ८३७, पानीको धारा ७८२, दापसहितको खुकुरीको ७१२ मत रहेको छ ।