धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (क) तर्फ नेकपा एमालेका उम्मेद्वार रमेश बस्नेतले अग्रता बढाउदै लगेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार २४ हजार ४८० मतगणना सकिदा ९१७ मतले गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका उमेश थापालाई पछि पारेका छन् । बस्नेतले ७ हजार २२४ मत प्राप्त गरेका छन् भने थापाले ६ हजार ३०७ मत पाएका छन् । राप्रपाका उम्मेद्वार उद्धव श्रेष्ठ (मकै) ५ हजार ४१७ मत ल्याएर तेस्रो स्थानमा छन् ।

यसैगरि, स्वतन्त्र उम्मेद्वार समिर तामाङले २०५८ मत पाएका छन् भने खगेन्द्र श्रेष्ठले ६८३, हाम्रो नेपाली पार्टीका विजयकुमार कालिकोटेले ७१३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भोलामान वर्देवाले ५५७ मत पाएका छन् । 

नोट: समाचारमा प्रदेशसभा क हुनुपर्नेमा ख भएकोमा सच्याइएको छ । पाठकवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।