धरान: सुनसरी क्षेत्र नं १ मा बिहिबार राती ९ बजेसम्म प्रतिनिधिसभातर्फ २९ हजार ८५७ मत गणना सकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय धरानले सार्वजनिक गरेको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेद्वार गोमा तामाङ (सरिन)ले अग्रता कायमै राखेका छन् । उनले ५७०६ मत प्राप्त गरेका छन् भने एमाले जसपाका उम्मेद्वार अशोककुमार राईले ५०४५ मत पाएका छन् ।

 

यस्तै, गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोले ४८२२ मत पाएका छन् भने स्वतन्त्र उम्मेद्वार मनोज मेन्याङ्बोले ४१९० मत पाएका छन् । यसैगरि, राप्रपाका उम्मेद्वार अशोक राई (अविरल)ले ३५१६ मत, मातृकाप्रसाद भट्टराईले १४४६ मत, तर्कबहादुर मगरले १३४६ मत पाएका छन् ।

re 1
re1 2