धरान: धरानमा पनि रबर खेती गर्न सरकारले बजेट विनियोजन गरेको छ । 

सरकारले २५ लाख बजेट विनियोजन गरेपछि रबर खेती अनुसन्धान र प्रवद्र्धन गरिरहेको संस्थाका विज्ञहरु छलफल गर्न धरान आएका छन् । इन्डोनेसियामा बसेर कृषि वन अनुन्धान गरिरहेका डा.हेमलाल बराल, रबर खेतीको अनुसन्धान र प्रर्वद्धनमा संलग्न तिलक भण्डारीले मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघासँग छलफल गरेका हुन् । आज रबर खेतीको बिषयमा इटहरीमा कार्यक्रम रहेको डा.वरालले जानकारी दिए ।

मेयर साम्पाङ र उपमेयर बेघाले रबर खेती गर्न सकरात्मक देखिएको पनि विज्ञ भण्डारीले बताए । ‘उहाँहरुसँगको भेट महत्वपुर्ण रह्यो । अब नगरसँग समन्वय गरेर ठाउँ हेछौं, कसरी काम अघि बढाउने भनेर गृहकार्यतिर लाग्छौं,’उनले भने ।  गोरखकाली रब उद्योग शुरु हुदादेखि नै अनुसन्धान र प्रर्वद्धनमा संलग्न विज्ञ भण्डारीका अुनसार टायर, ट्याुब, जुत्ताको सोल, चप्पललगायत रबरजन्य सामाग्रीको कच्चा पदार्थ उत्पादन गर्ने अभियान हो । सरकारलाई अनुरोध गरेपछि नीति तथा कार्यक्रममा समावेश गरिएको छ भने कृषि मन्त्रालयले साढे ६ करोड बजेट राखेको छ । त्यसमध्ये धरानको लागि पनि २५ लाख बजेट विनियोजन भएको उनले जानकारी दिए । 

भिडियो:

छिमेकी मुलुक भारतको पुर्वीउत्तर राज्यहरु आसाम, मेघालाय, त्रिपुरा, मिजोरम, वेष्ट वंगलातिर धेरै रबर खेती छ । नेपालमा सरकार र निजी क्षेत्रबाट सम्भाव्यता अध्ययनहरु भइसकेको पनि भण्डारीले बताए । मोरङ र झापामा पनि रबर खेती छ ।

विज्ञ डा.वरालका अुनसार विरुवा रोपेको रबरको विरुवा रोपेको ५, ६ बर्षमा उत्पादन दिन थाल्छ । रुखमा खोटो जस्तरी ट्यापिङ गरेर रबरको कच्चा पदार्थ संकलन गरिन्छ । त्यसलाई किसानहरुले नै प्रशोधन गर्नसक्छन् । नेपालमै पनि किसानहरुले संकलन गर्ने र प्रशोधन गर्ने काम पनि भइरहेको छ । ‘नेपालमा बर्षेनी १७ अरबको रबरजन्य चिजहरु आयात हुन्छ । खेती यही भयो भने यो पैसा विदेशिनबाट रोकिन्छ,’उनले भने,‘स्वदेशमा नै रोजगारी पनि सृर्जना हुन्छ ।’

संसारको ठुलो रबर उत्पादन गर्ने देश थाइल्याण्ड हो भने दोस्रोमा इन्डोनेसिया र तेस्रो भियतनाम छ । रबर खेतीले पानी प्रदुषण बनाएको रिपोर्ट अहिलेसम्मको अनुसन्धानबाट नआएको पनि उनले बताए । रबर ट्यापिंग शुरु भएको ३०, ३२ बर्षपछि काठकोरुपमा पनि प्रयोग गर्न पनि सकिने उनले बताए ।