धरान: धरान उपमहानगरपालिकाले कोशी राजमार्गअन्तर्गत ६ लेन सडकबारे निर्णय नगरि भानुचोकसम्म ७२ फिट सडक विस्तार गर्न पत्राचार गरेकोप्रति संघर्ष समितिले भने सहमति नभएको जनाएको छ ।

संघर्ष समितिका संयोजक निनाचन्द्र राईले क्लिकधरानसँग प्रतिक्रिया दिदै ६ लेन सडक बाइपास नगरि ७२ फिट सडक विस्तार गर्न नहुने बताए । उपमहानगरपालिकाले ७२ फिट सडक बनाउन पत्राचार गरेकोमा आफुहरुको सहमति नभएको भन्दै उनले पहिला ६ लेन सडक बाइपास गर्ने निर्णय भएपछि मात्र सहरी सडक बनाएर विस्तार गर्नुपर्ने समितिको अडान रहेको बताए । ‘अहिले ७२ फिट सडक बनाउन बजेट लगानी भयो भने झन् समस्या हुन्छ । पछि कुनै न कुनै समयमा ६ लेन नै हुन्छ, त्यसैले ७२ फिट अहिल्यै बनाउनुहुदैन,’उनले भने,‘पहिला बाइपास गरौं, र पछि सहरी मार्ग बनाएर विस्तार गरौं ।’

dharan

उनले तीनकुनेदेखि जिरोपोइन्टसम्मको करिब ५ किलोमिटर सडक ६ लेन (२०४) फिट बनाउन १ अर्ब १० करोड जति मात्र लगानी हुने तर जनताको सम्पत्ति ४६ अर्ब बढी क्षति हुने बताए । संयोजक राईका अनुसार कम्तीमा १५ सय बढी घर तथा भौतिक संरचनामा क्षति पुग्ने पनि बताए । हाल सडकसँग जोडिएको अगाडिको घर मात्र नभै दोस्रो र कतिपय तेस्रो घरसमेत क्षति पुग्ने पनि संयोजक राईले बताए । ‘अहिले २०४ फिटको घरजग्गा रोक्का भएको छ । त्यो भनेको ३६ बिघा २ कट्ठा १२ धुर जग्गा रोक्का छ । त्यहाँ भएको सबै घरपरिवार उठिबास हुन्छ,’उनले भने,‘त्यसलाई रकममा परिणत गर्ने हो भने ४६, ४७ अर्ब क्षति पुग्छ ।’

भिडियो: